देउवाले प्रजातन्त्र दरबारलाई बुझाएको आरोप झुटो भएको खुलासा

रेडियो दर्पण संवाददाता

१ असोज, काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कम्युनिस्ट नेताहरुले प्रजातन्त्र दरबारलाई बुझाएको आरोप लगाउने गरेका छन् । देउवा प्रधानमन्त्री भएका बेला राजा ज्ञानेन्द्रले संसद भंग गरेर देउवालाई अपदस्थ गरी निरंकुश राजतन्त्रीय शासन लागु गरेका थिए ।

यसलाई अपव्याख्या र भ्रामात्मक प्रचार गरेर एमालेसहित कम्युनिस्ट दलले प्रजातन्त्र दरबारमा बुझाउने देउवा भनेर आरोप लगाउने गरेका छन् । तर वास्तविकता त्यस्तो छैन । यसमा एमालेसहित ६ दलले राजनीति गरेको खुलेको छ । त्यतिबेला प्रजातान्त्रिक कांग्रेसका सभापति रहेका देउवालाई बदनाम गराउन गिरिजा नेतृत्वको कंग्रेस, एमाले, राप्रपा, मालेलगायत सबै दल लागेको खुलेको छ ।

देउवाले एमालेसहित ६ दलकै सिफारिस र निर्णयमा चुनाव सारेको र ६ दलकै निर्णयअनुसार संसद विघटन गरेको बताउँदै राजालाई बुझायो भनेर दुष्प्रचार गरिएको बताए । २०१७ सालमा राजा महेन्द्रले विपी कोइरालालाई अपदस्थ गरेर शासनसत्ता हातमा लिएजस्तै ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएर आफूलाई जेल हालेको र सबैभन्दा पीडित आफू भएको बताए । तर त्यसमा पनि राजनीति गरेर त्यतिबेलाका जिम्मेवार दलबाट धोका भएको उनले बताए ।

यस्तो छ देउवाको स्पष्टिकरण

६ पार्टीका मान्छे आएर चुनाव सार्नुपरयो भने भने । त्यतिखेरको गिरिजाको कांग्रेस पार्टीको सुशील कोइराला, गोविन्दराज जोशी आए । राप्रपाको सूर्यबहादुर थापा आए । एमालेको महासचिव माधवकुमार नेपाल आए । मैले भने ए बाबा चुनाव किन सार्ने ? तर सबै पार्टीले सार भनेपछि म पछि हटे । चुनाव नसार्दा उनीहरुले भाग लिएन भने, पार्टीहरुले भाग नलिएको चुनावको अर्थ नहुने भएकाले त्यसपछाडि मैले चुनाव सारेको हो । ६ वटा पार्टीको सिफारिसमा चुनाव सारेको हो । राजालाई बुझाएको भन्ने हो भने त ६ पार्टीले बुझाएको हो । ६ पार्टीले चुनाव सार्नुस् भनेपछि मैले सार्ने अनि मैलेमात्र राजालाई बुझाएको हुन्छ ?

नेपालमा दुइटा निर्वाचित प्रधानमन्त्रीलाई राजाले खोस्यो । एउटा विपी कोइरालालाई खोसेर जेल हाल्यो, अर्को शेरबहादुर देउवालाई खोसेर जेल हाल्यो । अनि मैले बुझाएको हुन्छ ? ६ पार्टीले सल्लाहले गरेको हो । संसद विघटन गरेर कसरी राजालाई बुझाएको भयो ? गिरिजाले संसद विघटन गर्दा राजालाई बुझाएको नहुने ? मैले गर्दा राजालाई बुझाएको भन्ने ? मैले कहाँ माहोल बनाए ? त्यो होइन । रामचन्द्र पौडेलजी देशभर घुमेर आउनुभयो । संकटकाल थपौ भन्नुभयो । मैले सबै पार्टीलाई बोलाएर इमरजेन्सी घोषणा गरेपछि गिरिजाबाबुले फिर्ता गर भने । राजाले सेना फर्काउला भनेर म चिन्तित भए ।

दर्ता गरेको भोलिपल्ट गिरिजाबाबुले फिर्ता लिन भने । अनि मैले लड्ने सेनालाई हतियार बिना लड भन्ने ? राजाले खोसेको हो । मैले बुझाएको होइन । यसमा राजनीतिक गरेर सारालाई भ्रममा पारिएको छ । पब्लिकले वास्तविकता बुझ्नुपर्छ ।