आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? हेर्नुस्

रेडियो दर्पण संवाददाता

२५ भदौ, काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ०४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ६४ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ १२ पैसा र बिक्रीमा १२८ रुपैयाँ ७२ पैसा रहेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ १४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २५ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९ रुपैयाँ १ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिदमूल्य १८ रुपैयाँ ३५ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८५ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २४ पैसा र बिक्रीमा ९ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ २४ पैसा र बिक्रीमा ४१४ रुपैयाँ १९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिदमूल्य ३३६ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३३८ रुपैयाँ ५८ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्

दार्चुला बाढी पहिरो अपडेट : मृतक पाँचजनाको सनाखत, सात अझै बेपत्ता
दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन् । बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन् । बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदका अनुसार बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की छन् ।

पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते छन् । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ साउदले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उहाँले बताउनुभयो ।

यस्तै बाढी पहिरोमा बेपत्ता महाकाली नगरपालिकाको लास्कु र डुङरीका सात जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले खोजि गरिरहेका छन् । बेपत्तामा महाकाली–३ डुङरीका धनसिंह कार्की तथा उनका छोराहरु दीपक र दिनेश तथा अन्य चारजना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।