मलेसियन रिंग्गेटको भाउ बढ्यो, अन्य देशको अवस्था ?

रेडियो दर्पण संवाददाता

२३ भदौ, काठमाडौं ।

बिहीबार अमेरिकी डलरको तुलनामा युरोपियन युरोको भाउ एक रुपैयाँ ०२ पैसाले घटेको छ । नेपाल राष्ट्र बैङ्ककाअनुसार यो दिन अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १२६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, अष्ट्रेलियन डलरदेखि जापानी येनसम्मको भाउ पनि आज घटेको छ ।

यसअघि अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसारहेकोमा आज घटेर एकको खरिदमूल्य ८५ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ १८ पैसा कायम एको छ । यसअघि क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५७ पैसा रहेकोमा आज घटेर खरिदमा ९६ रुपैयाँ ९० पैसा र बिक्रीमा ९७ रुपैयाँ ३६ पैसामा झरेको छ ।

यता जापानी येनमा पनि गिरावट आएको छ । बुधबार जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ०३ पैसा रहेकोमा आज खरिदमूल्य ८ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ८७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २८ पैसा र बिक्रीमा १८ रुपैयाँ ३७ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल, कतारी रियालदेखि मलेसियन रिग्गेटको बिक्रीदर पनि आज सामान्य बढेको छ । आज साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३४ रुपैयाँ १० पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ८७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ०५ पैसा रहेको छ । यसअघि भने साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको छ भने कतारी रियाल ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा रहेको थियो

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३३ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ १९ पैसा र बिक्रीमा ९ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ ६१ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिदमा ३३८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ३३९ रुपैयाँ ९४ पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्