यूरिया मोलासेस मिनिरल ढिक्का चटाऔं, दूध बढाऔं !

कृषि पो्ट संवाददाता

परिचय::

सुख्खा मौसममा हरियो घाँसपातको कमि हुने हुँदा गाई भैंसीलाई पौष्टिक तत्वहरु अपुग हुन्छ र पशुवस्तले धेरै दुध दिन सक्दैनन् । यस्तो अवस्थामा गाई भैंसी लगायत उग्राउने पशुहरुको उत्पादन बढाउनको लागि पशुहरुलाई यूरिया मोलासेस मिनिरल ढिक्का खुवाउन सकिन्छ ।

किन खुवाउने युरिया–मोलासेस मिनिरल ढिका ?

सुख्खा मौसममा पौष्टिक तत्वहरुको स्रोतको रुपमा काम गर्छ । पशुहरुलाई चाहिने खनिज पदार्थहरुको आवश्यकता पुरा गर्छ । दुधालु पशुहरुको दुध उत्पादन बढाउँछ । हुर्केको पशुहरुको शारीरिक बृद्धि बढाउँछ । बाँझोपनलाई घटाउँछ ।

बनाउने सामग्री र मात्रा
हालसम्म कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, रामपुर क्याम्पस, रामपुरमा रिसर्च भएको र उपलब्धी पनि राम्रै रुपले भएको देखिन्छ ।

रिसर्चको अनुसार ढिका बनाउन प्रयोग गरिने सामग्री र तिनको मात्रा निम्न अनुसार छ :
सामग्री मत्रा मोलासेस ४० भाग युरिया १० भाग मिनरल मिक्सचर २ भाग नुन ४ भाग सिमेन्ट÷चुन १० भाग तोरीको पिना १० भाग चोकर÷ढुटो २४ भाग

जम्मा १०० भाग

युरिया–मोलासेस ढिका कसरी बनाउने ?

आवश्यक सामग्रीहरु ठीक मात्रामा जोख्ने । युरियालाई पिसेर धुलो बनाउने । युरियालाई विस्तारै मोलासेसमा घोल्ने । युरिया र मोलासेसको मिश्रण तयार भए पछि त्यसमा मिनरल मिक्सचर, तोरीको पिना (धुलो) हालेर मिसाउने ।

उक्त मिश्रणमा चुन वा सिमेन्ट हालेर राम्ररी मिसाउने । त्यसपछि चोकर मिसाउने । त्यसपछि चाहिने जति पानीमा नुन घोलेर पहिलेको मिश्रणमा राम्रोसँग मिसाउने ।

थोरै मात्राको ढिका बनाउनको लागि बाल्टीन, बाटामा मिश्रण तयार गर्न सकिन्छ भने धेरै मात्रामा बनाउनको लागि सिमेन्ट गरिएको भुईमा बेल्चा प्रयोग गरेर वा प्लास्टिक ओछ्याएर पनि मिश्रण बनाउन सकिन्छ ।

मिश्रण तयार भइसकेपछि त्यसलाई आकार दिनको लागि काठ वा फलामको बर्गाकार वा ईटा आकारको साँचोमा राख्ने । साँचोको आकार आवश्यकता अनुसार सानो÷ठूलो बनाउन सकिन्छ ।

ढिकालाई खँदिलो बनाउन साँचोमा मिश्रण राखेपछि माथिवाट साँचोको आकारको काठको टुक्रा राख्ने र त्यसमाथि २० देखि ३० सेकेण्ड उभिने ।
आकारमा आइसकेको ढिकालाई ३ देखि ८ घण्टासम्म त्यतिकै छोडेर केही कडा भएपछि भण्डारण गर्ने । घाम र पानी नपर्ने सुख्खा कोठामा ढिका भण्डारण गर्नु पर्छ । ढिकामा पशुलाई खुवाउन उपयुक्त हुने कडापन आउन मौसम हेरी १ देखि २ दिन लाग्छ ।

युरिया –मोलासेस ढिका कसरी खुवाउने ?

तयार भएको ढिकालाई गाईभैंसीले चाट्न मिल्ने तर टोक्न नमिल्ने गरी गोठको उपयुक्त ठाउँमा राख्नु पर्छ ।

यसको लागि ढिक्कालाई डोरीमा बाँधेर गाई भैंसीले भेट्ने गरी झुण्ड्याउन सकिन्छ वा ढिक्काको आकारभन्दा थोरै मात्र ठुलो भाँडोमा राखेर गोठको भुईमा राखेर पनि दिन सकिन्छ तर ढिक्कालाई पानीबाट बचाउनु पर्दछ । यस्तो ढिक्का खुवाउँदा पशुलाई प्रशस्त मात्रामा पानी दिनु पर्दछ ।

५ के.जी.को ढिक्का एउटा ३५० देखि ४०० के.जी.को गाईभैंसीलाई ७ देखि १० दिनसम्म पुग्छ । गाई भैंसी र उग्राउने पशु बाहेक अरु पशुलाई यस्तो ढिक्का खुवाउनु हुँदैन ।

सावधानी अपनाउनु पर्ने कुरा ! ! !

६ महिना तलको उग्राउने पशुहरुलाई दिनु हुँदैन ।
एक्कासी पहिलो पल्ट नै धेरै ढिका खुवाउनु हुँदैन । पहिलो ३–४ दिनसम्म दैनिक २०० ग्राम को दरलेपर्ने गरी गाईभैंसीलाई १ घण्टा भित्रमा खान दिने र त्यसपछि ४०० ग्राम को दरले पर्ने गरी ४६ दिन सम्म ३ घण्टा भित्रमा र ४६ दिन पश्चात चाहिने जति मात्रामा खान दिने ।
राम्ररी नापेर मात्रै विभिन्न सामग्री मिसाउनु पर्दछ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏