कुखुराको लागि हर्वल जडिबुटी औषधि : डा. केदार कार्की

कृषि पो्ट संवाददाता

डा. केदार कार्की

कुखुरा पालन मिश्रीत खेतीको अभिन्न अंग मानिन्छ र ग्रामीण जनसमुदायको एउट ठूलो भाग कुखुरा पालनबाट आफ्नो आजीविका को लागि निरभर छन तर रोग कुखुरा उत्पादन बढाउनेमा एउटा महत्पूर्ण बाधा मानिन्छ । रोगको प्रकोपका कारण किसानलाई ठूलो नोकसानी हुन्छ । साथै नया बथान पाल्नु पर्ने बाध्यता हुन्छ । हालको पा… पारीक रोग नियन्त्रण कार्यक्रम पारम्पारिक औषधीहरु खोपको उपयोग बाट ती गहन प्रणालिलाई टेवा पु¥याउछ जसमा कुखुरा उत्पादन बढाउनका लागि ठूलो लगानी गरिएको हुन्छ । यसले १०० भन्दा कम कुखुरा पाल्ने लाई समर्थन गर्दैन । जस्का कारण य ीऔषधीहरु साना तथा सिमान्त किसानका लागि सर्मथन गर्दैन । जस्का कारण य ीऔषधी सामान्यतया साना किसानको पहुच भन्दा बाहिर छन् । एन्टीवायोटिक प्रतिरोध अवशेष निकाशी अवधी पनि एउटा प्रमुख समस्या छ जस्ले निर्यात विपणनलाई प्रभावीत गर्दछ । यसैले किसानलाई सस्तो र सजिलो स्थानीय कुखुरा रोग नियन्त्रण कार्यक्रमको आवश्यकता देखिन्छ । हर्वल उत्पादक औषधीय जडीबुटीको अर्कको उपयोग कुखुराको स्वास्थ्य स्थीर राख्न साथ साथै उत्पादनमा सुधार ल्याउन गरिन्छ ।

कुखुराका रोगहरु र तीनका लागि हर्वल औषधी रानी खेतः यो एउटा भाइरल रोग हो । जसलाई एन्टीवायोटिक प्रयोगले निको पार्न सकिन्न । यो रोग झरीको मौसममा बढी देखिन्छ र दुषित पानी फिडरवाट संक्रमित पक्षिको स्वास्थ्य पंक्षिमा प्रसार हुन्छ । अवसाद मासपेशीहरुमा कम्पन टाउको घाटी बटारने हाछियु आउने भोक कम लाग्ने सास फेर्न गाहे हुने नाक आ“खाबाट पानी वग्ने हरियो दिसा गर्ने प्वांख फोहोर हुने शरीर कमजोर हुने पातलो बोक्रा भएको फूल पार्ने रोगका लक्षण हुन । फुल पार्ने कुखुरामा एलोवेरा विरुवाको पात पखाला रोकन गरिन्छ । शिमला मीर्चको निचोड एकसटैकट निकालेर पानीमा मिसाएर दिइन्छ । नाग दोनाको अर्क कुनै नोक्सानी बिना भ्रणमा भाइरसको प्रसारलाई रोक्न मदत गर्दछ ।

ककसीडियोसीस

यो सामान्य प्रोटोजोअन रोग मध्येको एउटा हो । जुन मुख्य रुपमा फोहर पानी दाना सोत्तको माध्यमबाट कुखुरामा फैलिन्छ । यो वर्षात र सुख्खा मौसममा कुखुरा खोरमा बढी देखिन्छ । आलो रगत मिसिएको छेर्ने प्वाख भाचीने, खाने अरुची हुने तौल न बढने यस्का प्रमुख लक्षणहरु हुन । एन्टीवायोटिक अवशेषका कारण कुखुराको मास उपभोकताहरुलाई गम्भीर समस्या हुने गर्दछ । सामान्यतया चौलाई पालुङगो, करेलाको रस केहि आवश्यक तेल लसुन लोकाको फल दालचीनी र एलोवेराको उपयोग गरेर यो रोग नियन्त्रण गर्न सकिन्छ ।

सालमोनेलोसिजः यो ब्याकटेरीया को कारण बाट हुने रोग हो जुन दुषित पानी, दाना तथा बिष….बाट संक्रमीत उपकरणको माध्यमबाट फैलिन्छ । यस रोगमा ज्वरो आउने दुध जस्तो सेतो झागदार फिज भएको चिप चिपे पखाला लाग्ने सास फेर्न अप्ठयारो हुने खाने अरुची हुने अजीवोगरीव आवाज निकाल्ने जस्तो लक्ष्ण देखिन्छ । यो रोग नियन्त्रणका लागि शिमला मिर्चको रस दिन सकिन्छ ।

फोल पकसः यो वायरल रोग हो । कुतन्जेको जराको २ भाग सीसलको पात एक भाग एलोवेराको पात १ भाग ३०–४५ मिनेट उमालेर पिउने पानीमा मिसाएर संक्रमित कुखुरालाई पिउन दिने वा शिमला मिर्च पनि दिन सकिन्छ । बेसार र निमको पातको मिश्रण बाहिरी घाउमालगाउन सकिन्छ । वेसाट र नीमको पातको मिश्रण बाहिरी घाउ माल गाउन सकिन्छ । सबै खाले जडिबुटीको तुलनामा एलोभेरा जडिबुटीहरुको राजा मानिन्छ र कुखुराको स्वास्थ्य स्थिर बनाएर राख्नमा एउटा एन्टीवायोटिकको रुपमा मानिन्छ । यस्तो कुखुराको छालापोल्ने सुन्नीएको घाउको उपचारमा प्रयोग हुन्छ ।

स्वास प्रस्वास संम्बन्धी रोगः अडुसा तुलसी पुदीना र अलर्का जस्ता जडीबुटिको प्रयोग सांस सबन्धी विरामीमा प्रयोग गरिन्छ । संक्रामक ब्रोंकायीटिस मोकोइ र भाग प्रयोग गरी नियन्त्रतीत गरिन्छ । पुदीना र सफेदाको पातबाट आवश्यक तेल मुख्यरुपमा सि.आर.डि र एच १ एन २ इन्फलुएंजा भाइरस विरुद्धव्राय लरमा संक्रमणको सुरक्षात्मकको लागि प्रयोग गरिन्छ । सीसलको पात र मरीचको प्रयोग पेटको रोग नियन्त्रणका लागि गरिन्छ ।

टैम्पन जुम्रा घुन, किल्नी किर्ना जस्ता किराले कुखुराको खुट्टामा घाउ तथा पात्रा वनाउछन् जस्को उपचारमा रसायनीक रुपमा कार्वेरील, एकटोमीन, पैराफिन तेल इन्जन तेल प्रयोग गरिन्छ । ज्वारको पाउडर किलनी निकाल्न मदत गर्छ । कुखुरामा जुम्रा रोकनका लागि प्याजको पात प्रयोग गर्न सकिन्छ । एलोवेराको खरानी प्रयोग गर्न सकिन्छ । सयपत्री र शरपुखाको प्रयोग कुखुरा घरमा किरा फटयाङग्रा विकर्षकको रुपमा उपयोग गर्न सकिन्छ ।

आन्तरीक परजीवीः एलोवेरा ज्वारको पाउडर र मरीचको प्रयोग आन्तरीक परजीवी नियन्त्रणको लागि गरिन्छ । सुरती मोकोइ र पंगारको झोल साधारणतया स्थानीय कृषकले जुका नियन्त्रणको लागि प्रयोग गर्ने गर्दछन् । दालचिनीको तेल ट्राइको मोनास हिस्तोमोनास र टाउको जुम्रा नियन्त्रण गर्न प्रयोग हुन्छ प्याजको तेल धेरै खाले जुका नियन्त्रण गर्न प्रयोग गरिन्छ । फर्सीको विंया कुखुराको फितेजुका नियन्त्रण गर्न प्रयोग गरिन्छ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏