किसानलाई राहत र ‘कृषि सहायता कोष’ बनाउन प्रचण्डको माग ?

कृषि पो्ट संवाददाता

काठमाडौं, ३ कात्तिक ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानबाली नष्ट भएका किसानलाई राहत दिन सरकारसँग माग गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले बाढी पहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन माग गरेका हुन्।

विपदमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। बाढी तथा पहिरोमा परी बेपत्ता भएकाहरूको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरूलाई पनि आग्रह गरेका छन्। उनले बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिन पनि माग गरेका छन्।

‘धानबाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको छ,’ प्रचण्डको विज्ञप्तिमा भनिएको छ, ‘बाढी र पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरूलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन पनि म सरकारसँग जोडदार माग गर्दछु।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏