तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृृत्यु

कृषि पो्ट संवाददाता

तनहुँ, २५ असोज ।

चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्याङकी नौ वर्षीया बालिका स्वीकृति थापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए ।

छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले आक्रमण गरेको बताइएको छ । उनको शव जंगलमा फेला परेको हो ।

बालिकाको घाँटीमा चोट देखिएको वडा अध्यक्ष लामिछानेले बताए । तनहुँमा चार वर्षदेखि चितुवाको आक्रमण बढेको छ । १ फागुन २०७४ देखि हालसम्म ११ जना बालबालिकाले चितुवाको आक्रमणमा परी ज्यान गुमाएका छन् ।

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका–५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका–३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏