रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

कृषि पोष्ट संवाददाता

काठमाडौं, २५ असोज ।

दसैंमा फलपूmलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।

सो नाकाबाट ठुलो परिमाणमा स्याउ भित्रिएसँगै दसैँका लागि नेपाली बजारमा फलपूmलको आपूर्ति व्यवस्था सहज हुने भएको छ । नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरागरी धमाधम काठमाडौँ लाने क्रम सुरू भइरहेको सूचना अधिकारी चौधरीले बताउनुभयो ।

चाडपर्वमा फलपूmलको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिँदै आएको पाइएको छ । आम उपभोक्ताको चाहना एवम् राजधानी काठमाडौँलगायत व्यवसायीक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिनुभयो ।

चीनको उत्पादक कम्पनी वा फर्मलाई नेपाली व्यवसायीले सामान अर्डर गरे पश्चात् ढुवानी सेवामा कार्यरत सबैभन्दा ठूलो चिनियाँ कम्पनी मुसा टान्सपोर्टले रसुवागढी पु¥याइ छिटोछरितो सेवा दिँदै आएको बताइएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏