खसी-बोकाको माग बढेपछि मूल्य बढ्यो ?

कृषि पो्ट संवाददाता

सप्तरी, २४ असोज ।

बिजया दशमी नवरात्रि सुरु भएदेखि खसी-बोकाको मूल्य आकाशिएको छ । खसी-बोकाको बजारमा भीडभाड बढेको छ ।

दशमीको बेला माता भगवतीलाई खसी-बोका चढाइने हुनाले खसी-बोका महँगिएको स्थानीय सुनिल चौधरीले बताए । उनले भने, ´भाकल छ, नचढाई नहुने । जति महँगो भए पनि किन्नै पर्ने बाध्यता छ ।`

दशैँमा यस जिल्लासहित अन्य जिल्लाका शक्तिपीठहरूमा खसी-बोका चढाउने हुनाले खसी-बोकाको मूल्य दशैँको सुरुवातसँगै महँगिएको खसी व्यापारी मो. कासिम मियाँले बताए । उनले भने, ´यसपालि माग बढी भएकाले पहिलेको तुलनामा महँगो भएको हो ।`

स्थानीय रामप्रसाद यादवले भने,´१० किलोको बोकाको १० हजारभन्दा कम भन्दैनन् । खसीको पनि मूल्य त्यस्तै हाराहारीमा छ ।’

पहिले राजविराज बजारमा खसी-बोका बजार साताको दुई दिन सोमबार र बिहीबार लाग्थ्यो । घटस्थापनादेखि दिनँहु लाग्दै आएको बाख्रा व्यवसायी रमेश मालीले बताए ।

बिजया दशमी नौरथामा गाउँघरमा मात्र नभएर शहरी भेगमा पनि अत्यधिक मात्रामा खसी-बोका चढाउन थालिएको छ । सबै जना व्यस्त रहने हुनाले अघिल्लो दिन किनेर चढाउने चलन बढ्दै गएकाले यो समयमा दिनहुँ खसी-बोकाको बजार लाग्ने गरेको स्थानीयहरू बताउँछन् ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏