काठमाडौं, २१ भदौं ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आलु कोशेली पुगेको छ । रामेछापमा उत्पादन भएको आलु प्रचण्डको घरमा कोसेलीका रुपमा पुगेको हो । दोरम्बा शैलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले खुमलटारमा पुगेर प्रचण्डलाई आलु कोसेली दिएकी हुन् ।
आलु कोसेली दिनुमा ठूलो कारण लुकेको छ । आसगरी दोरम्बालाई आलुका लागि प्रशिद्ध बनाउने अभियानमा स्थानिय तह छ । तर अन्यत्रको आलुलाई शैलुङ्गको भन्दै विक्रिवितरण थलिएपछि वास्तविक र अर्गानिक आलुको वजार विग्रिएको छ । स्थानिय शैलुङ्गको आलुलाई देश ब्यापी चिनाउने अभियानमा सहयोग गर्न प्रचण्डलाई आग्रह गर्दै आलु कोसेली लगिएको हो ।
उपाध्यक्ष कृशलाले प्रचण्डसँग दोरम्बा शैलुड गाउॅंपालिकामा उत्पादित अर्गानिक आलुको बजार व्यवस्थापनबारे छलफल भएको जानकारी दिइन्। भेटमा प्रचण्डले दोरम्बाबासीप्रति आफ्नो माया र सम्झना सदाबहार रहिरहने बताउँदै कृषि क्षेत्रको विकासमा जोड दिनुपर्नेमा जोड दिएको घिसिङले बताइन्।
दोरम्बाको आलुलाई राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिकाले ब्राण्डिङ गरिरहेको छ। किसानलाई प्रोत्साहन गर्न जनप्रतिनिधि नै बजार व्यवस्थापन गर्न र ब्राण्डिङ गर्न लागि परेका छन्।गाउँपालिकाले दोरम्बाकै ब्राण्डमा स्थानीय रुपमा उत्पादित अर्ग्यानिक आलु बजार पठाउन थालेको हो।
नेपालको धेरै ठाँउमा अत्यधिक माग रहेको दोरम्बाको आलुले बजारमा आफ्नो पहिचान बनाएपनि दोरम्बाको आलु भन्दै अन्यत्रको आलु बेच्ने गरेकाले आफुहरुले अर्ग्यानिक आलु ब्राण्डिङ गर्न लागिएको गाउँपालिकाले जनाएको छ। विशेष गरी गाउँपालिकामा दोरम्बा, डडुवा, गौश्वारालगायतको क्षेत्रमा आलु उत्पादन हुने गर्दछ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏