सुन्दा अचम लाग्न सक्छ : दाङमा माछाले टोकेर एकजनाको मृत्यु

कृषि पो्ट संवाददाता

दाङ, १९ भाद्र ।

अढाई जातको माछाले टोक्दा दाङमा एकजनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई माछाले टोकेरे उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुईबजे घर नजिकैको कुलोमा अढाई माछा छोपेर मुखले माछाको टाउको थिचेर घाइते बनाइ प्लास्टिकमा राखेका थिए र केही बेरपछि घर्ती एक्कासी बेहोस भइ उपचारको लागि लमही अस्पतालमा मृत्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मार्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । शवलाई अहिले पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ । उज्यालोनेटवर्क/शिवु खनाल

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏