काठमाडौं, १७ भाद्र ।
आपूर्तिको तुलनामा माग नभए पछि बोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । मासुको मूल्य घट्दा उपभोक्तालाई राहत भए पनि किसान भने मारमा परेका छन् । पछिल्लो विवरण अनुसार किसानले लागतको तुलनामा प्रतिकिलो ९५ रुपैयाँसम्म नोक्सानी व्यहोर्नु परेको छ ।
पछिल्लो समय ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत बोइलर कुखुरा पालेका कारण उत्पादन बढेको उनको भनाइ छ । बजारको मागलाई ध्यान नै नदिइ कुखुरा पालिएको उनले बताए । होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको पाण्डेको दाबी छ ।
बोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । बुधबार (आज) देखि लागु हुने गरि जिउदो ब्रोइलर कुखुरा को कोल्ड्स्टोर खरिद मुल्य १० रुपैया घटेर २४० भएको राष्ट्रीय कुखुरा बिक्री ब्यबसाय संघले जनाएको छ ।
मासुको मूल्य घट्दा उपभोक्तालाई राहत भए पनि किसान भने मारमा परेका छन् ।
नेपालमा दुई महिनाअघि जिउँदो बोइलर कुखुराको प्रतिकिलो मूल्य २७० रुपैयाँ रहेको थियो । मूल्य निकै पाएपछि कुखुरा व्यवसायी र अन्य व्यवसाय गर्नेले पनि खाली खोर भाडामा लिएर चल्ला राख्न थालेपछि उत्पादन बढेको हो ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏