मानव शरीर विकाश गर्न, मांसपेशी मजबुत, बलियो बनाउनको लागि विभिन्न प्रकारका प्रोटिनको आवश्यकता पर्दछ । यदि हाम्रो शरीरमा प्रोटिनको मात्रा कमी भयो भने विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुन सक्छ । तसर्थ हाम्रो शरीरमा प्रोटिनको मात्रा कम हुन नदिन यस्ता शाकाहारी खाने कुराको सेवन गर्ने गर्नुपर्दछ ।
सेतो राजमा- सेतो राजमामा प्राप्त मात्रामा प्रोटिन पाइन्छ । आधा कप सेतो राजमामा कम्तीमा पनि १० ग्राम प्रोटिन पाइन्छ । तसर्थ दैनिक रुपमा अथवा हप्तामा एक चोटी राजमाको सुप बनाएर खाने ।
भटमास- भटमासमा हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन भरपुर मात्रामा पाइन्छ । आधा कप भटमासमा कम्तीमा पनि ९ ग्राम प्रोटिन र ४ ग्राम फाइबर पाइन्छ । यसका साथै भटमासमा भिटामिन ए र बी , एन्टीआक्सीडेंट, पाइन्छ ।जसको सेवन गर्नाले मानव स्वास्थ्यमा हुने विभिन्न समस्याहरु हटाउन मद्धत गर्दछ ।
दाल- आधा कचौंरा पकाएको दालमा करीब ९ ग्राम प्रोटिन हुन्छ । दालमा प्रोटिन मात्र होइन दालमा पोटासियम,फाइबर पनि भरपुर मात्रामा पाइन्छ । तसर्थ हामीले दैनिक रुपमा दालको सेवन गर्ने गर्नुपर्दछ ।
अमरन्थ- यो नौ आवश्यक अमीनो एसिड संग एक पूरा प्रोटीन हो। एक कप पकाएको अमरन्थमा ९ ग्राम प्रोटीन हुन्छ।
भांग- तीन चम्चा भांगमा मानव शरीरलाई चाहिने १० ग्राम प्रोटिनको कमी पूरा गर्न सक्छ । तसर्थ भांगलाई सुप, सलाद, वा अचारको साथ सेवन गर्ने गर्नाले प्रोटिनको मात्रा कम हुन बाट रोक्छ ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏