मेथीको सागका फाइदै फाइदा

कृषि पो्ट संवाददाता

मेथीको साग होस् वा गेडा यो स्वादिलो मात्र होइन स्वास्थ्यका लागि समेत फाइदाजनक हुन्छ । मेथीको नियमित सेवनले पेटसँग सम्बन्धित विभिन्न समस्याको निराकरणमा सहयोग गर्दछ । आयुर्वेदमा मात्र नभै आधुनिक चिकित्सा पद्धतिमा समेत विभिन्न खाले औषधि बनाउनका लागि यसको प्रयोग गर्ने गरिएको छ । केवल पाचन क्रियाको लागि मात्र नभै मेथीको सेवन छाला तथा कपालको स्वास्थ्यको लागि पनि लाभदायी हुन्छ । तर गर्भावस्थामा मेथीको सेवन खतरनाक हुनसक्ने विज्ञहरु बताउँछन् ।

मेथी खानुका फाइदा यस्ता छन्

मेथीको साग नियमित रुपमा खानाले कलेजोलाई स्वस्थ राख्नुका साथै डिसपेप्सियाको समस्याबाट छुटकारा दिलाउँछ । पेटमा ग्यास बढि उत्पन्न हुने समस्याबाट गुजि्ररहेका हरुका लागि पनि मेथीको साग रामवाण सावित हुनसक्छ । झाडापखाला तथा आउँमा पनि मेथी लाभदायी हुन्छ । मेथीको सागको नियमित सेवनले सरीरबाट विषाक्त पदार्थहरु निस्कासनमा सहयोग पुग्दछ ।
मेथीको सागको नियमित सेवनले रक्तनलीहरु खुम्चिने तथा साँघुरिने समस्या पनि दूर हुन्छ । सरीरमा चिल्लो पदार्थको उतारचढावबाट समस्या भोगिरहेका तथा कोलेस्ट्रोलको समस्या भएका लागि मेथीको नियमित भोजन हितकर हन्छ । यसले रगतमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित पार्दछ ।

मेथी तथा दालचिनीमा पाउने तत्व लगभग एउटै हुन्छ । यसको एन्टी डाइबेटिक तत्वले सरीरमा ग्लुकोजको मात्रालाई बढ्न दिँदैन । त्यसैले मेथीको नियमित सेवनले टाइप टू मधुमेहको जोखिम घटाउँछ ।

मेथीमा ग्लेक्टोमेनन नामक तत्व पाइन्छ जसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ । साथै यसमा पोटासियम पनि पर्याप्त पाइन्छ जसले मुटुको धड्कन तथा रक्तचापलाई समेत नियमित र सन्तुलित बनाउँदछ ।

मेथीको गेडा तथा सागमा फाइबर र एन्टीअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । त्यसैले मेथी खानाले पाचन क्रियालाई मजबुत बनाउँदछ । अपच, कब्जियत, ग्यास जम्ने जस्ता समस्याबाट मुक्ति पाउनकालागि नियमित रुपमा मेथीको सेवन गर्नुपर्छ । साथै यसले मोटोपना घटाउन पनि सहयोग गर्दछ ।

धेरै चिल्लो, पिरो खानेकुराका कारण छाति पोल्ने तथा एसिडिटी हुने समस्या छ भने मेथीको प्रयोग गर्नुस् । मेथीको पातलाई पानीमा डुबाएर राख्ने र केही घण्टापछि सो पानी पिउने ।

मेथीको सागको नियमित रुपमा सेवन गर्नाले ठूलो आन्द्राको क्यान्सर हुनबाट बचाउँछ । यसमा पाइने फाइबर तथा अन्य तत्वले सरीरको आन्तरिक विषाक्त पदार्थ निस्कासनमा सहयोग गर्नुका साथै आन्द्रामा फोहोर पदार्थ जमिरहने समस्या पनि हटाउँदछ ।

मेथीको साग वा गेडा भोजनमा नियमित रुपमा समावेश गर्नु स्वास्थ्यका लागि फाइदाजनक भएपनि गर्भवती महिलाहरुले मेथीको धेरै सेवन गर्नु हानिकारक हुनसक्छ । यसको अधिक सेवनले बच्चा खेर जाने वा समय भन्दा पहिले बच्चा जन्मिने जस्ता समस्या निम्तिन सक्ने बताइन्छ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏