काठमाडौं ।
जागर र पौरखमा सिप घुलाउन सके सुन बनाउन सकिन्छ । आफ्नै माटोलाई पगालेर मोती बनाउँन सकिन्छ । नेपाल सम्भावना नै सम्भावना भएको देश हो । यसैले हामी आज हाम्रा भीर पाखाबाट कसरी आम्दानी गर्न सक्छौ भन्ने जानकारी दिँदैछौ ।
अर्गानिक वल्र्ड प्रा।लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ । कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ । गाउँमा तयार भएको चारकोलकिसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ ।
केही बर्ष अघिसम्म रोजगारी खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु यतिखेर भनेवनपाखाको काँडा, बनमरा पोल्नमै व्यस्त छन् ।वनमा रहेका काँडा, उन्यू र झारपातहरु पोलेरै मासिक ५० हजार रुपैयाँ सम्म कमाई हुने भएपछि यूवाहरु अरु छोडेर झाँडी पोल्न लागेका हुन् ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏