सुनौलो अबसर : नेपालीहरु कृषि कामका लागि अमेरिका जान पाउने, यसरी भिसा लगाउनुहोस्

कृषि पोष्ट संवाददाता

काठमाडौं।

एउटा H-2A भिसाले अमेरिकी रोजगारदातालाई अमेरिकी कामदारहरू उपलब्ध नभएकाले अस्थायी कृषि श्रमिकका रुपमा विदेशी नागरिकहरुलाई संयुक्त राज्य अमेरिकामा ल्याउने अनुमति दिन्छ। यदि तपाईँ कृषि श्रम वा अस्थायी जागिर वा मौसमी प्रकृतिका कृषि कार्य गर्न चाहनुहुन्छ भने H-2A गैर आप्रवासी वर्गको भिसा लागू हुन्छ । अमेरिकी रोजगारदाताले (वा संयुक्त रोजगारदाताको नाउँमा अमेरिकी कृषि उत्पादकहरुको एउटा संघ) ले तपाईंको तर्फबाट, फारम I-129, गैर आप्रवासी कामदार याचिका फाइल गर्नुपर्छ ।

यदि तपाईं अस्थायी रूपमा अमेरिकामा काम गर्न चाहनुहुन्छ भने, अमेरिकी अध्यागमन कानुन अन्तर्गत, तपाईंले कामको प्रकारमा आधारित छुट्टै भिसा लिनुपर्छ । प्रायः जसो अस्थायी कामदार वर्गको लागि, अमेरिकामा हुनेवाला रोजगारदाता वा एजेन्टले याचिका (petition) दर्ता गर्नुपर्छ जुन अमेरिकी नागरिकता र अध्यागमन सेवा (USCIS) द्वारा अनुमोदित गरिनु पर्छ ।

अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बी उपलब्ध हुने भएको छ । आगामी सातादेखि रोजगारदाताहरुले थप २२ हजार कोटाका लागि आवेदन दिनसक्ने जनाइएको छ ।

थप २२ हजारमध्ये आर्थिक बर्ष २०१८, २०१९ र २०२० मा अस्थायी गैर कृषि कामदार एच टु बी भिसामा रहेका र फेरी काममा फर्केका कामदारहरुका लागि १६ हजार भिसा उपलब्ध हुने छ । त्यस्तै बाँकी ६ हजार भिसा काममा पुन फर्कने कामदारको मापदण्डबाट छुट पाएका एल साल्भाडोर, होण्डुरस र ग्वाटेमालाका कामदारका लागि उपलब्ध हुनेछ ।यो भिसामा कामदारहरु ल्याउनका लागि रोजगारदाताले यदि अस्थायी कामदार नल्याएको खण्डमा ब्यापारमा नोक्सान पुग्ने कुरा प्रमाणित गर्न सक्नुपर्छ ।

उक्त कामका लागि कामदार अमेरिकामा उपलब्ध नभएको, अमेरिकामा हुनेहरु काम गर्न इच्छुक नरहेको वा योग्य नभएको समेत प्रमाणित गर्नुपर्छ । त्यस्तै यो भिसाका लागि कामदार आफैले भने आवेदन दिन मिल्दैन, रोजगारदाताले आवेदन दिनुपर्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏