मण्डनदेउपुर नगरपालिकाका किसानलाई अनुदानमा मिनी टिलर र नि:शुल्क बोयर बोका

कृषि पोष्ट संवाददाता

काठमाडौं, ३० असार ।

काभ्रेको मण्डनदेउपुर नगरपालिका किसानलाई अनुदानमा मिनी टिलर र नि:शुल्क बोयर बोका वितरण गरेको छ । आज कुन्ता बेशीमा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख टोक बहादुर वाईबाले किसानलाई मिनी टिलर र बोयर बोका वितरण गर्नुभएको हो ।

नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गरेको हो । १२ वटै वडाका १५५ वटा मिनी टिलर वितरण गरेको हो ।

मिनी टिलर पाउनेमा किसान, कृषक समुह र कृषि सहकारी कृषि विकास शाखा प्रमुख गोपाल प्रसाद सापकोटाले जानकारी दिनुभयो । मिनी टिलरका। आगि १७ हजार ३ सय रूपैयाँ बुझाएका छन् ।

नगरभित्रका १२ वडाका १२ जना किसानलाई नि:शुल्क बोयर वितरण गरिएको पशु विकास शाखा प्रमुख ध्रुबप्रसाद पराजुलीले बताउनुभयो । वडा कार्यालयले सिफारिस गरेका किसानलाई बोयर बोका वितरण गरिएको हो ।

नगरपालिकाले अघिल्लो वर्ष पनि मिनी टिलर वितरण गरेको थियो । लैनो गाई र भैँसीको पाडी पनि वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏