भैंसी प्रजातीमा कृत्तिम गर्भाधान असफल हुनुका कारण

कृषि पोष्ट संवाददाता

डा. केदार कार्की

पृष्ठभुमीः

नेपालको आर्थिक बिकास तथा उन्नतीमा पशुपालनको महत्वपूर्ण योगदान छ । खास गरी दुध उत्पदान क्षेत्रमा भैसी प्रजातीको विशिष्ठ स्थान छ । यसै पनि भैसीलाई कालो सुन डलर पनि भनिन्छ यस्को बहुउपयोगीता का कारण भैसीका सबै प्रजाती भन्दा मुर्रा प्रजातीले सबै भन्दा बढी दुध दिन्छ यसैले पालन पोषण तथा १४ महिनामा एउटा बच्चा लीन खान पानको साथ साथै प्रजनन प्रवन्धनमा पनि ध्यान दिन जरुरी हुन्छ । प्रायः देखिएको छ कि पशुपालक हरुमा प्रजनन संबन्धीत ज्ञानको अभाव छ । यस आलेखमा कृत्तिम गर्भाधानको असफलता या बाझोपनले गर्दा उत्पन्न हुने समस्याका कारण उनी त्यसको निदान बारे चर्चा गरिने छ । प्राय देखिएको छ कि भैसी गर्भाको मौसममा वाली खोज्दैन तथा गर्मी श्रृतीमाकम भैसी बचाउने हुदा दुध उत्पादन कम हुन्छ अनी दुधको मुल्य बढदा भैसीमा उप्णीय उर्जा बढी हुने हुदा पशु लाटो हुन्छ अर्को अर्थमा श्रृती चक्रको श्रृतुकालको लक्षण कम देखाउ“छन् जस्का कारण पशुहरुलाई कृत्तिम गर्भाधान गराउन गाहे हुन्छ । कृत्तिम गर्भाधान वांझोपन प्रजनन सम्बन्धी समस्या हो जसबाट पशुले गर्भ धारण गर्छ व ागर्नमा समस्या आउ“छ ।

वाझोपनको कारणले पशुपालकलाई धेरै आर्थिक नोक्सानी बेहोर्न पर्दछ । पशुले गर्भ धारणन गर्नका धेरै कारण पाढेघर मध्ये केहि महत्पूर्ण कारण निम्मलिखित छन् । पाठेघर तथा अन्य प्रजनन अंगमा भएको रोगका कारण संक्रामक रोगका कारण पशुले वाली नखोजनु पटक पटक उल्टीने लाटो हुने, शारीरको प्रजनन अङगको खोट गलततरीकाले कृतिम गर्भाधान गरिनु, पोषक तत्वको अल्पयता, पाठेघर तथा अन्य प्रजनन अंगको रोग जस्तै भेटराटीस इन्डोभेटराईटिस पायो मेटरा ओवेरइन सीस्ट परसीसटेन्ट करपसल्युटिय र का कारण पशुले गर्भ धारण गर्दैन । ओवेरीयन सिस्टमशुमा हारमोनको असन्तुलनका कारणले हुन्छ । फेलोपियनट्युव बन्द हुदा वा संक्रमित हुदा पनि पशु पटक पटक श्रृतु चक्रको श्रृतु कालमा आउंछ तर गर्भधारण गर्दैनन् । संक्रमित रोग जस्तै व्रुसेलोसीस, हरपिज विषणु, बोवाइन भाइरल डायीरिहिया ट्राइकोमोनासको संक्रमणका कारणले पनि वाझोपनको समस्या आउंछ । यस वाहेक केहि जीवाणु जस्तै इ–को लाई स्टेफाइलो को कस स्ट्रपटोकोकस को रीयानी व्याकटेरीयम आदीले पनि असर गर्दछन् । पशु श्रृतुचक्रको श्रृतुका लमा न आउनु लाटो हुनु पटक पटक उल्टोनु प्राय जसो गर्मीको वेला देखिन्छ । यो गर्मीको कारण हुने तनावले हुन सक्छ ।

वाली नखोज्नुका कारण पति पिण्डमान जानु अण्डाशयमा कुनै संरचनान हुनु र पटक पटक वाली खोज्दा पनि नमी धारणा न हुनु पनि मानिन्छ । र समयमा गर्भाधान न हुनु बच्चा पाठेघरमा सकनु पाठेघरको संक्रमण हुनु बेलैमा अण्डा ओभरीबाट बाहिरन आउनु स्स्टिीक ओवरी जस्ता कारणले भैसी ले पटक पटक उल्लीएर वाली खोज्द छ पशु, प्रजनन, अंगहरुमा दोष जस्तो की ओवेरीयन हाइपोप्लेजीया सानो अण्डकोष सरवाइकल नली वाडगो हुनु परसीस्टेन्ट हाइमन झील्ली न टुट्नु इत्यादि कारणले पनि पशुमा वाझोपनको समस्या आउंछ । गलत तरिकाले कृत्तिम गर्भाधान गर्ने गराउने कारण यसमा सबै भन्दा महत्वपूर्ण तथ्य यो छ कि कतिपय पशुपालकहरु तथा यस व्यवसायमा जोडिएका मानिसलाई भैसीले वाली खोजेको लक्षणवारे पूर्ण ज्ञान नभएको कारण वाली लगाउने सहि समय पहिचान गर्न न सक्दा वाझोपनको समस्या निम्तीन्छ ।

यसवाहेक कृत्तिम गर्भाधान गर्ने वेला विर्यको सहि तापमान मा दुवित गर्ने तथा कृत्तिम गर्भाधान गर्ने वेला गोवर पिसाव तथा वाहिरी पदार्थहरुवाट कृत्तिम गर्भाधान वाट पाठेघरमा संक्रमण हुनु पन िशामिल छ तथा कृत्तिम गर्भाधान गर्ने गराउने व्यक्ति यस कार्यका लागि निपुण न हुनु पनि हुन्छ । पोषण तत्वहरुको कमिका कारण, सन्तुलित आहार बाझोपानको समस्याको महत्वपूर्ण निदान मानिन्छ । प्राय देखिएको छ कि पशुपालकहरु आफ्नो पशुलाई सन्तुलित आहार दिदैनन् जस्का कारण पशुहरुमा वाझोपनको सिकायत देखिन्छ । यसैले पशुपालकहरुलाई सन्तुलित आहारको वारे पूर्ण जानकारी हुनु पर्छ किनकि जव पशु व्याउछ दुध दिने वेला उसको पोषणको आवश्यकता बढेर जान्छ ।

पशुको आहारमा खनीज मिश्रण उचित मात्रामा दिनु पर्दछ तथा खनिज लवणहरुको अनुपात सहि हुनु पर्दछ । पशुलाई सहि समयमा तथा कुशल पशुचिकित्सक वाट कृत्तिम गर्भाधान गराउन पर्छ । यदि पशुले विहान पख वाली खोजे सांझ पख सांझपख खोजे विहान पख कृत्तिम गर्भाधान गराउने । पहिलो कृत्तिम गर्भाधान गराएको १२ घण्टा पछि दोस्रो पटक कृत्तिम गर्भाधान गर्ने भैसीहरुलाई गर्ममा उष्मीय उर्जा वाट बचाएर राख्ने तथा पशुलाई नुहाउन पोखरी नदीमा लाने पशुलाई दिउसो छायादार रुखमुनी वाध्ने तथा शुपलार्य पिउने पानी सफा तथा उचित तापमानको हुनु पर्दछ ।

पशु यदी लगातार ३ पटक कृत्तिम गर्भाधान पछि वाली नखोजे दक्ष पशुचिकित्सक संग जांच गराउने र उसको सल्लाह पालना गर्ने । पशु यदि कुनै संक्रामक रोगबाट ग्रसीत भए त्यसको उपचार पहिले गर्ने शारीरीक वनावटमा कैफियत भएका पशु वथानवाट हटाउने । पशुलाई विहान वेलुका निरिक्षण गर्ने वाली खोजेको लक्षण देखिए दक्ष पशुचिकित्सकबाट कृत्तिम गर्भाधान गराउने आलाकांचा प्राविधिक बाट गराउदा कृत्तिम गर्भाधान साटो कृत्तिम संक्रमण हुने डर होला ।
उपरोक्त कुराहरु ध्यानमा राखेर पशुपालकहरुले आफ्नो पशुहरुको असफल गर्भाधानको समस्याबाट छुटकारा पाउने छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏