मकवानपुरगढीमा किसान क्रेडिट कार्ड वितरण

कृषि पोष्ट संवाददाता

काठमाडौँ, २६ असार ।

मकवानपुरगढीमा कृषि कर्जा प्रवाह सहजताका लागि किसान क्रेडिट कार्ड वितरण गरेको छ । गाउँपालिकाका साना तथा सिमान्तकृत कृषकहरुलाई किसान कार्ड वितरण गरेको हो । शुक्रबार एक कार्यक्रमका बिच कृषकहरुलाई किसान कार्ड वितरण गरेको छ ।

नेपाल बंगलादेश बैंक मकवानपुरगढी शाखाका प्रमुख बद्रि बिक्रम थापाको सभाध्यक्षता र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाँईको प्रमुख आतिथ्यतामा किसान कार्ड वितरण गरेको हो ।

कार्यक्रममा ८ जना महिला र १७ जना पुरुष गरि जम्मा २५ जना कृषकलाई किसान कार्ड मार्फत प्रति किसान दुई लाखका दरले विना धितो सहुलियत व्याज दरको कृषि कर्जा उपलब्ध गराईएको हो । नेपाल बंगलादेश बैंक , आर.एण्ड डि.ईनोभेटिभ सोलुशन प्रा.लि., मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समिति बीच भएको चौपक्षिय सम्झौता बमोजिम किसान कार्ड वितरण गरिएको हो ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष भागवत घिमिरे , मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल र कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीको आतिथ्यता रहेको थियो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏