फेरि एक्कासी घट्यो कुखुराको मासुको मूल्य: हेर्नुहोस् कति पुग्यो

कृषि पोष्ट संवाददाता

काठमाडौँ, १९ असार ।

फेरि एक्कासी घट्यो कुखुरा को मासुको मूल्य : हेर्नुहोस् कति पुग्यो !गर्मी मौसम शुरु भए पनि बजारमा कुखुराको मासुको मूल्य घट्न सकेको थिएन । साथै, बजारमा उच्च मूल्यमा बिक्री गरेको भन्दै उपभोक्ताहरुले गुनासो गर्दै आएका थिए । करिब एक हप्तासम्ममा प्रतिकेजी ४ सय ३० देखि ४ सय ५० रुपैयाँसम्म बिक्री गर्दै आएको कुखुराको मूल्य निषेधाज्ञा लागू भएपछि खपतसँगै कुखुराको मूल्य घटेको नेपाल ह्याचरी संघका अध्यक्ष टिकारम पोखरेल बताउँछन् ।

उनका अनुसार विगतको दिनमा प्यारेन्ट चल्ला उत्पादन गर्ने प्यारेन्ट आयात गर्न नसक्दा बजारमा कुखुराको उत्पादन कम हुन गई मूल्य बढेको थियो । तर, अहिले जति पनि उत्पादन भएका कुखुराको मासु खपत हुन नसक्दा प्रत्यक्ष असरमा मूल्यमा परेको बताए ।एक हप्ता अघिसम्म प्रति केजी ४ सय ५० रुपैयाँसम्म बिक्री भएको कुखुराको मासुको मूल्य निषेधाज्ञा पछि निरन्तर ओरोलो लागेर अहिले प्रतिकेजी ३ सय ७० रुपैयाँ देखि ३ सय ९० रुपैयाँसम्म बिक्री गरिरहेका छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏