झापा, १ असार ।
मान्छेले गाइकाे जुठो बोकेका छ भन्दा अचम्म लाग्न सक्छ । यस्तै अचम्मको काम गरेका छन् झापाका एक व्यक्तिले गाईकाे किरिया गरेका छन् ।
झापा मेचीनगर २ बाहुनडाँगीका खगेन्द्र दाहाल गाइको १० दिने काजकिरिया बारेर बसेका छन् । दाहालले आफैले पालेको गाईको सात दिन अघि ग्वालीमा बाँधेकै अवस्थामा मृ,त्यु भएपछि १० दिने काजकिरियामा बसेको उनले बताए ।
‘गाइ ब्याएको १० दिनको दिन म र्यो,’ दाहालले भने, ‘परिवारकै सदस्यको मृ,त्यु भए जस्तो लाग्यो त्यसैले १० दिनसम्म काजकिरिया गर्ने सोचेर बसेको छु ।
सुत्केरी अवस्थामा नै गाइको मृ,त्यु भएकाले निक्कै दुःख लागेको दाहालले बताए । बाहुँनडागी संगम चोकका ५३ बर्षिय दाहालका घरमा पालेका दुई वटा गाइमध्ये भर्खरै ब्याएको लाल्मु गाई केही दिन बिरामी भएर जेठ २५ गते मृ,त्यु भएको थियो ।