कृषि क्षेत्रका लागि ४५ अर्ब नौ करोड रुपैयाँ विनियोजन

कृषि पोष्ट संवाददाता

काठमाडौं, १५ जेठ ।

सरकारले आउँदो आर्थिक वर्ष २०७८/०७९ वर्षका लागि कृषि विकास मन्त्रालयका लागि ४५ अर्ब नौ करोड रुपैयाँ विनियोजन गरेको छ । कृषिलाई आधुनिकीकरण, किसानलाई अनुदान र खाद्यवस्तुमा आत्मनिर्भर हुने लक्ष्यका साथ बजेट विनियोजन गरिएको सरकारले जनाएको छ ।

चिनी मिलमा उखु बिक्री गरेको १५ दिनमा अनुदान दिन ८४ करोड रुपैयाँ विनियोजन भएको छ । दूध सङ्कलन र चिस्यान केन्द्रको स्थापना गरिने भएको छ । हिमाली जिल्लामा व्यावसायिक स्याउ खेती प्रवर्द्धन गरिने कार्यक्रम बजेटमा रहेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८–७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो । संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏