फेरी आयो यस्तो डरलाग्दो भाइरस जुन कुखुराको मासु बाट सर्छ

कृषि पोष्ट संवाददाता

काठमाडौं, १० जेठ ।

फेरि आयो कुखुरा बाट सर्ने अर्काे खतरनाक भाइरस, सावधानी नअपनाउँदा ज्या`नै जानसक्ने चेतावनी। को-रोना महामारीले विश्व नै आक्रान्त भएका बेला अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार मानिसहरूमा साल्मोनेलाको प्रकोप देखिएको हो ।

यो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिइएको छ साल्मोनेला जी-वाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बा-न्ता निम्त्याउन सक्छ । अधिकांश व्यक्तिहरू उपचारविना पनि निको हुन्छन्, तर अधिक गम्भीर अवस्थालाई मृ- त्युको मुखमा पुर्याउन पनि सक्छ ।

संयुक्त राज्य अमेरिकाले ४३ राज्यका १६३ जना बिरामीमा गरेको अनुसन्धानमा यसको संक्रमण पुष्टि भएको हो । सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्र-कोपको बारेमा यो अनुसन्धान गरेको हो ।

स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चु-म्नुबाट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन । त्यसो नगर्दा यसका की-टाणु-हरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ ।”

यो चे-तावनी पनि दिइएको छ कि कुखुराहरू स्वस्थ र सफा भए तापनि तिनीहरू यस की-टाणु-का वाहक हुन सक्छन् । यसको की-टाणु सजिलैसँग जहाँ जहाँ कुखुरा छन् ती ठाउँहरूमा फै-लिन सक्छन् । बिबिसी

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏