पहिलो कुखुरा कि अण्डा ? यस्तो छ क्वान्टमको जवाफ

कृषि पोष्ट संवाददाता

काठमाण्डौंः

प्राचीन समयदेखि नै पहिला अण्डा आयो कि कुखुरा भनें विषयमा विभिन्न प्रकारको बहस सुरु हुँदै आएपनि कसैको एकमत भने थिएन ।

पहिला कुखुरा आएको वा अण्डा पहिला आएको सवालले वैज्ञानिक तथा दर्शनशास्त्रीहरूको अहिलेसम्म पनि दिमाग चलाईरहेको छ ।

अण्डा पहिला आयो भने अण्डा कसले दियो भन्ने सवाल आउँछ र कुखुरा पहिला आयो भने कुखुरा नै थिएन भने अण्डा कहाँबाट आयो भन्ने सवाल आउँछ । तर, अब अस्ट्रेलियाको क्विसल्यान्ड युनिभर्सिटीका वैज्ञानिक तथा फ्रान्सको एनइईएल संस्थाले उक्त विषयमा सत्यतथ्य पत्ता लगाएको दाबी गरेको छ । क्वान्टम फिजिक्सका अनुसार अन्डा तथा कुखुरा दुवै पहिला आएका थिए ।

क्विसल्यान्ड युनिभर्सिटीमा एआरसी सेन्टर अफ एक्सेलेन्स फर क्वान्टम इन्जिनियरिङ सिस्टमका भौतिक वैज्ञानिक ज्याकी रोमेरोले क्वान्टम मेकानिक्सको अर्थ बुझाउँदै केही कुरा नियमित क्रमविना पनि उत्पत्ति हुन सक्ने बताएका थिए । खोजअनुसार दुवै वस्तु पहिला हुन सक्छन्, यसलाई अनिश्चित कारणको क्रम मान्न सकिने बताएका छन् ।

प्रयोगशालामा प्रभाव देख्नका लागि अनुसन्धानकर्ताले ‘फोटोनिक क्वान्टम स्वीच’ नामको एक सिक्वेन्सको प्रयोग गरेका थिए । क्वान्टम स्वीचसँग अनुसन्धानमा कन्ट्रोल भनिने दुई घटनाक्रम निर्भर रहेको रोमेरो बताउँछन् ।

उदाहरणका लागि कप्युटरको बिट्स र टेलिफोनको लाइनलाई लिइएको थियो । अमेरिकन फिजिकल सोसाइटीमा रहेको सोसाइटी अफ अमेरिकन फिजिक्स म्यागजिन फिजिकल रिभ्यु जर्नलमा प्रकाशित अनुसन्धानले अण्डा वा कुखुरा निश्चित रूपमा दुवै पहिला हुनसक्ने बुझाउन प्रयास गरेको छ । एजेन्सीको सहयोगमा

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏