शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान

कृषि पो्ट संवाददाता

काठमाण्डौः

भारतको केरलाका एकजना युवकले आफ्नो शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान कायम गरेका छन् ।

नेचर एमएस नामका ती युवकले आफू ७ वर्षको छँदादेखि नै आफ्नो अनुहारमा माहुरी बसाल्न सुरु गरेका थिए ।

जीउमा माहुरीको गोलो बसालेको पहिलो अनुभव सुनाउँदै उनी भन्छन्, ‘सुरुमा मेरो हातमा रहेको रानी माहुरी खोज्दै त्यसलाई जोगाउनका लागि ठूलो संख्यामा कर्मी माहुरीहरु मेरो हातमा झुम्मिए ।

अर्को दिन मैले मेरो टाउकोमा रानी माहुरी राखेर सोही प्रयोग गरेँ । केही क्षणमै हजारौँ माहुरीहरु आएर मेर टाउकोतथा अनुहारमा बसेर र ढपक्कै ढाके ।

६० हजार माहुरीलाई आफ्नो टाउको र जीउमा बसालेर कीर्तिमान कायम गरेका एमएसका अनुसार माहुरीले सामान्य अवस्थामा मानिसलाई चिल्दैन । यदि मानिसलाई माहुरीले चिल्यो भने त्यो मान्छेकै कुनै गल्तीका कारण हुन्छ ।

आफूले माहुरी पालनका साथै माहुरीको महत्वका बारेमा जनचेतना जगाउनका लागि जीउमा माहुरी बसालेर विश्व कीर्तिमान कायम गर्ने प्रयास गरेको उनको भनाइ छ ।

उनका अनुसार माहुरीहरु समाजका महत्वपूर्ण किटपतंग भएका कारण माहुरीको संरक्षण गर्नु हाम्रो दायित्व हो ।एजेन्सी

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏