व्यावसायिक बाख्रा पाल्ने १५ तरीका

कृषि पोष्ट संवाददाता

बाख्रा पालन प्राय सबै जलवायुमा कम लागत साधारण खोर गोड सामान्य हेरचाह तथा पालन पोषणबाट गर्न सकिन्छ। यसका उत्पादन बिक्रीका लागि सर्वसुलभ उपलब्ध छ। यिनै कारणले पनि पशुधनमा बाख्रा प्रजातिको विशेष महत्त्व छ। उपरोक्त विशेष गुणहरू भएका कारण महात्मा गान्धीले बाख्रालाई गरिबको गाई भन्थे। आजको परिवेशमा पनि यो कथन महत्त्वपूर्ण छ।

आज जब एक तीर पशुहरूको दाना आहार औषधि उपचार महँगो हुनाले पशुपालन आर्थिक दृष्टिले कम लाभकारी हुँदैछ भने बाख्रा पालन कम लागत सामान्य हेरचाह गर्दा पुग्ने भएकाले सीमान्तकृत गरिब किसान मजदुरका लागि जीवीको पार्जन को एउटा साधन बनेको छ। यति मात्र नभएर यसबाट हुन आयले गर्दा समाजमा आर्थिक रूपले सम्पन्न समुदायलाई पनि आफूतिर आकर्षित गर्देछ। जसका कारण बाख्रा पालन स्वरोजगारको एउटा प्रवल भरपर्दो साधन बन्दैछ।

बाख्रा पालनको उपयोगिता :

बाख्रा पालन खास गरी मासु दूध एवं गै पस्मिना लागि गरिन्छ। यसका साथै यिनको मलमूत्रले जमिनको उर्वरा शक्ति बढ्दछ। बाख्राहरू प्रायः चरी चरामा निर्भर हुन्छन्। यिनीहरू झाडी, जंगली घाँसपात रुखका पात डाले घाँस खाएर हामीलाई पौष्टिक पदार्थ मासु दूध उपलब्ध गराँउछन।

बाख्राका प्रमुख उपयोगी जातहरू :

ब्लैक बंगालः यस जातका बाख्राहरू पश्चिम बंगाल झारखण्ड असीम उडीसामा पाइन्छन्। यिनको शरीरमा कालो खैरो, तथा सेतो रङ्गको साना रौँ पाइन्छ। तर करिब ८०% प्रतिशत बाख्राहरूमा भने रौँ कालो हुन्छ। यो सानो जीउडालको हुन्छ, वयस्के खसी के का को तौल करिब १८-२० किलो हुन्छ भने बाख्रीको तौल १५-१८ किलो ग्राम हुन्छ।

जर तथा मादा दुबैमा ३-४ इन्च अघिलतिर सिधा निकलेको सींग हुन्छ। यसको शरीर कस्सिएको हुनुका साथै अगाडी भन्दा पछाडि तीर बढी चौडा तथा बिचमा बढी मोटो हुन्छ। यसको कान सानो तीखो अनि अगाडी पट्टी निक्लिएको हुन्छ। यस जातको प्रजनन क्षमता धेरै राम्रो छ। औसत यसले २ वर्षमा ३ पटक पाठा पाठी जन्माउँछ तथा एक बेतमा २-३ पाठा पाठी जन्माउँछ। केही बाख्राले एक वर्षमा २ पटक पाठा पाठी दिन्छन्। यस जातको पाढीहरु ८-१० महिनामा कोरेली अवस्थामा पुग्दछन् तथा औसत १५-१६ महिनाको उमेर पहिलो पटक पाठा पाठी जन्माउन्छन।

जमुना पारीः अन्य जातका बाख्राहरू भन्दा यो सबै भन्दा अग्लो तथा लामो जीउ डालको बाख्रा मरिन्छ। यो भारतको उत्तर प्रदेशको इटावा जिल्लासँग गंगा यमुना तथा चवल नदिहरुल घेरिएको क्षेत्रमा पाइन्छ। साँग्लो नवीयन बाख्राहरूको विकासमा जमुना पारी जातको विशेष योगदान रहेको छ। यिनको नाक धेरै उठेको हुन्छ। जसलाई रोमन नोज भनिन्छ। यसको सँग सानो तथा चौडा हुन्छ। काम १०/१२ इन्च लामो चौडा मोडिएको तथा झुन्डिएको हुन्छ। यसको तिघ्राको पछाडि पट्टी धेरै लामो रौँ हुन्छ। यसको शरीरमा सेतो तथा रातो रौँ हुन्छ। यसको शरीर बेलुन आकारको हुन्छ।

व्यस्क नरको औसत तौल ५०-६० किलो ग्राम हुन्छ। यसको जन्मिने बेला ५-५-३ किलो ग्राम तौलका हुन्छन्। यस जातको बाख्राले प्रतिदिन औसत १.५-२.० किलो ग्राम दूध दिइन्छ। यस प्रजातिका बाख्रा दूध उत्पादनका लागि पाल्न उपयुक्त हुन्छन्। बाख्रीहरूले बर्षेनी पाठा पाठी जन्माउँछन्। यस जातका बाख्राहरूको मुख्य रूपमा झाडी बुट्यान एवं रुख डाले घाँसका पात स्याउलामा निर्भर हुन्छन्। जमुना पारी प्रजातिको बोकाहरू विभिन्न जलवायुमा पाइने स्थानीय जातका बाख्राहरूको नश्ल सुधारको लागि प्रयोग गराइन्छ।

बिटलः यो प्रजातिका बाख्राहरू मुख्यतः भारतको पंजाव प्रान्तको गुरुदासपुर जिल्लाको बटाला अनुमंडलमा पाइन्छ, यसको शरीर खैरो रङ्गमा सेतो सेतो थोप्ला वा कालो रङ्गमा सेतो सेतो थोप्ला भएको हुन्छ। यो बाख्रा हेर्दा जमुना पारी जस्तै हुन्छ तर यसको उचाइ लम्बाइ जमुनापारिको भन्दा सानो हुन्छ। नाक उठेको हुन्छ। कानको लम्बाइ र नाकको उचाइ जमुना पारी भन्दा कम हुन्छ। सींज नाहीर तथा पछाडि पट्टी घुमेको हुन्छ। व्यस्क खसी बोकाको तौल ५५-६५ किलो ग्राम तथा बाख्रीकोबब ४४-४५ किलो ग्राम हुन्छ।

यसका पाठा पाठी जन्मने बेलामा २.५-३० किलो ग्राम तौलका हुन्छन्। तिघ्राको पछाडि भागमा कम बाक्लो रौँ हुन्छ। यस जातका बाख्राले सालातमा पाठी जन्माउँछन् तथा ६० प्रतिशतले एउटा मात्र पाठा पाठी जन्माउँछन्। यस प्रजातिका बोकाहरू अन्य साना तथा मझौला आकारका स्थानीय प्रजातिका बाख्राहरूको नश्ल सुधार गर्न प्रयोग गराइन्छ। बीटल प्रजातिका बाख्रा सबै खाले जलवायु क्षेत्रका लागि उपयुक्त मानिन्छ। कुनै दुई जात का बोका तथा बाख्राको संयोगले उत्पन्न बाख्रालाई बर्णशंकर बाख्रा भनिन्छ। विरल जातको संयोगले उत्पादित पाठा को तौल ६ महिनामा १२-१५ किलो ग्राम हुन्छ।

जबकि स्थानीय प्रजातिको बोकाले बालीको लागि जन्मेको पाठाको तौल ७-८ किलो ग्राम मात्र हुन्छ। यस प्रकारले बाख्रा पालनबाट हुने आयमा डेढ देखि दुई गुण वृद्धि सम्भव हुन सक्छ। बर्णशंकर बाख्राहरुको दूध उत्पादन क्षमता स्थानीय बाख्रा भन्दा तीन गुण बढी हुन्छ। यदि शारीरिक वजन ठिक भएको अवश्यमा पाठीलाई ८-१० महिनामा बोका लगाइ बाली लगाउन सकिन्छ। अन्य १२ महिनाको उमेश पुगे पछि पाठीमा भृतुचक्र एवं कृतुकाल छोटा हुन्छ। त्यसो त बाख्रीमा त्रृतांचक्र करिब १८-२० दिनको एवं ऋृतुकाल ३६ घण्टाको हुने गर्दछ। बाख्रीहरू वर्षेभरि बाली खोज्दछन् तर प्रायः जसो बाख्रीहरू मध्ये असोज कार्तिक र मध्य वैशाखमा गर्भधारण गर्दछन्। ऋतुकाल सुरु भएका १०-१२ र २४-३६ घण्टाको बिचमा २ पटक बोका लगाएर बाली लगाउँदा गर्भ रहने सम्भावना ९० प्रतिशत हुन्छ। यदि बाख्रा पाठीले बिहान बोकासँग बाली लगाउनु पर्दछ। यदि साँझ वाली खोजे अर्को दिन बिहान र साँझवाली लगाउनु उचित हुन्छ।

गर्भवती बाख्राको हेरचाह :

गर्भवती बाख्रीलाई गर्भाशयको अन्तिम डेढ महिनामा अधिक सुपाच्च एवं पौष्टिक भोजनको आवश्यकता पर्दछ। किनभने यसको पेटमा हुर्की रहेको भ्रूणको विकास धेरै तीव्र हुने गर्दछ। यस वेला गर्भवती बाख्रीको पोषण तथा हेरचाहमा ध्यान दिइएमा स्वास्थ्य पाठा पाठीको शारीरिक विकास राम्रो हुन्छ। बाख्रीहरूको गर्भावस्था औसत १४२-१४८ दिन को हुन्छ। ल्याउने २-३ अगावै बाख्रीलाई सफा सुग्धर ठाउँमा बथानका अरू बाख्री भन्दा बेग्लै राख्नु पर्दछ। मौसमी वातावरण अनुसार खोर गोठको व्यवस्था गर्नुपर्दछ। बाख्रालाई गर्मी जाडो वर्षात तथा जंगली जनावरबाट बचाउने योग्य खोर गोठ आवश्यक पर्छ। खोर गोठको लागि सस्तो भन्दा सस्तो सामग्री प्रयोग गर्नुपर्छ। ताकी गोठको लागत कम परोसा प्रत्येक व्यस्क बाख्राको लागि १०-१२ वर्ग फिट जमिन आवश्यक पर्दछ। बाख्रा र खसीको बोकालाई बेग्लै राख्नु पर्दछ। बाख्रालाई खोर गोठका वरिपरि किनारै किनार डेढ फिट अग्ला अढाई देखि ३ फिट चौडाइ मचान बनाउनु पर्छ।

मचान बनाउँदा काठको ‘फल्याक या बाँसको पातो ओछयाउदा भुईँमा यती ठुलो जान्नु नहोस् जसमा बाख्रा पाठा पाठीको खुट्टा नउठोस् पोषण बाख्राहरू चर्ने बाहेक हरियो स्याउला हरियो घाँस दालको भुस ठुटो चोकर आदी मन पराउँछन्। बाख्रालाई प्रतिदिन ६-८ घण्टा चराउनु पर्दछ। यदि बाख्रालाई प्रतिदिन ६-८ घण्टा चराउनु पर्दछ ।यदि बाख्रालाई बाँधेर पाल्ने हो भने दिनमा २ पटक घाँस स्याउला दाना पानी दिनु पर्दछ। बाख्राले हरियो घाँस लहसुन बरसीम, गहुँ, मकै, नेपीयद स्याउला बवुल बयर वकाइनो पिपल वर गुलर कटहर कोइरालो इपिल इपिइल खाने गर्दछन्। एउटा व्यस्क बाख्रालाई औसत एक केजी घाँस या स्याउला तथा १००-२५० ग्राम दानाको मिश्रण मकैको च्याँख्ला चोकर पिना नुन मिसाएर दिन सकिन्छ। उमेर र तौल अनुसार भोजनको मात्रा बढाउन वा घटाउन सकिन्छ। बोका सुत्केरी, पाठा पाठीलाई दूध चुसाउने मात्र गर्भवती बाख्रीको पोषण व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक पर्छ।

बाख्रालाई लाग्ने प्रमुख रोगहरु:

परजीवी रोग, सर्दी जुकाम निमोनिया,छेर्ने रोग, खोरेन भ्यागुते, छ मासृ इन्टेरोटोक्सीमिया, पेट फुल्ने जोन्स रोग,थुनेली, कक्सीडियोसीस, कन्टेजीयस इकथाइमा (वर्फ) यिनबाट बच्न दक्ष विज्ञ पशु चिकित्सकको सल्लाहमा वेला वेलामा उचित आवश्यक प्रयोगशाला परीक्षण पछि आवश्यक औषधि उपचार गराउने।

बाख्रा पालनसँग सम्बन्धित आवश्यक कुराहरूः

१. स्थानीय रैथाने कहीँ बाख्रालाई, वीटल सीसेही जमुना पारी वारवेरीको ब्याड बोकासँग प्रजनन गराउने। २. पाठीलाई वाली पहिलो पटक ८-१० महिनामा लगाउने। ३. भिन्न वर्ण शंकरका पाठी बाख्रीलाई भिन्न वर्ण शंकरको बोका सँग वाली लगाउने।

४. बोका र बाख्रीको बिच हाडनाता पर्नु हुँदैन। ५. बथानको बोका बाख्रालाई बेग्ला बेग्लै खीरमा राख्नु पर्छ। ६. पाठी बाख्रीलाई बोका खोजेको १०-१२ एवं २४-३६ घण्टाको बिचमा २ पटक वाली लगाउने। ७. ल्याएको ३० दिन पछि मात्र बोकाको वाली लगाउने।

८. गर्भिणी अवस्थाको अन्तिम डेढ महिना बाख्रा लाई चराउन बाहेक अतिरिक्त कम्तीमा २०० ग्राम दानाको मिश्रण अनिवार्य दिने। बाख्राको खोर गोठमा प्रति बाख्रा १०-१२ वर्ग फिट ठाउँ हुनु पर्छ साथै एउटा बथानमा एक पटकमा २० भन्दा बढी बाख्रा न राख्ने। ९. ल्याउने बेलाका बाख्रालाई सफा सुग्घर पसलको सोतर ओछ्याएको ठाउँमा राख्ने।

१०. बच्चा जन्माउने बेला माउ बाख्रालाई मदतको आवश्यकता परे साबुनले हात धोएर मात्र गर्ने। ११. पाठा पाठी जन्म पछि नाइटोको साल नाल र ३ इन्च तलबाट नयाँ व्रेडले काटी बाँची डिटो आयोडिन वा वोकाडी नले सफा गर्ने यो औषधि नियमित ३ दिन सम्म दिने। १२. बाख्रा खास गरी पाठा पाठीलाई चिसोबाट बचाउने।

१३. पाठा पाठीलाई माउ सँगै राख्ने रातीको वेला कोठामा राख्ने। १४. ब्याडलाई न चाहिने पाठालाई २ महिनाको उमेरमा बन्ध्याकरण गर्ने। १५. बाख्राको खोर गोठ सफा सुग्धर अनि हावादार हुनुपर्छ। १६. सम्भव भए बाख्रा पाठा पाठी लाई खोर भित्र ढाँड मचान बनाएर राख्ने। १७. पाठा पाठीलाई निमोनियाँबाट बचाउन वेला वेलामा टेट्रा साइकलिन पानीमा हालेर दिने।

१८. पाठा पाठीलाई कमसीडि सोयोसको औषधी वेला वेलामा दिने। १९. तीन महिना भन्दा माथिका पाठा पाठी बाख्रालाई इन्टेरो टकर्सी मियाको खोप अनिवार्य दिने। २०. बाख्राको बथानलाई बेलाबेलामा परजीवी नियन्त्रण गर्ने औषधि दिने। २१. वाह परजीवी लुत्ता किर्जा उपीयाँबाट बचाउन आवश्यक औषधि मिसाएको झोलमा डिप्रिष्ण गराउने बेलाबेलामा।

२२. उमेर तालिका अनुसार पी.पी.आर लगायत अन्य बाख्रा पालन क्षेत्रमा नियमित राख्ने अभिलेख संक्रामक सरुवा रोगको खोप दिने। २३. बाख्रा बिरामी विज्ञ पशु चिकित्सक सँग सल्लाह गरी औषधि उपचार गर्ने। २४. खसीको तौल १५ केजी भए पछि मासुको लागि प्रयोग गर्ने। २५. पाठा पाठी ९-१० महिना भएपछि छनौट विक्री गर्ने।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏