मासु समेत कालो हुने महँगो कडकनाथ कुखुराको व्यवसायीक पालन गर्नेकि ?

कृषि पोष्ट संवाददाता

विश्वमा धेरै प्रजातीका कुखुराहरु भएको पाउन सकिन्छ । जसमध्ये कालो जातको कुखुराको आफ्नै विशेषता भएको पाइन्छ ।आयम सेमानी त्यस्तो जातको कुखुरा हो जसको छाला, हड्डी तथा सबै अंगहरु काला हुन्छन्।

यसको मासु पनि कालो रङमा घोलिएको जस्तो हुन्छ । यो कुखुरा विशेषगरी इन्डोनेसियामा पाइन्छन्।यस्ता कुखुरा शताब्दीयौंसम्म धार्मिक र रहस्यमय उद्देश्यका लागि प्रयोग हुनेगरेको विज्ञहरु बताउछन ।
सन् १९९८ मा नेदरल्यान्ड्सका व्यापारीले यसलाई युरोपमा आयात गरे। यतिबेला भने यस्ता प्रजातिका कुखुरा नेदरल्यान्ड्स, जर्मनी, स्लोभाकिया र चेक गणतन्त्र तथा दक्षीण भातरमामा पनि पाइन्छन्।

यस्ता कुखुराका गुणस्तर हेरेर ५० अमेरिकी डलरदेखि २५ सय अमेरिकी डलरसम्म पर्दछ। वैज्ञानिकहरु यो कुखुराको सबै अंग कालो हुनुको पछाडीको कारण फाइब्रोमेलेनोसिस भएको बताउँछन्।स्थान अनुसार यो प्रजातीका कुखुराको नामभने फरक पाउन सकिन्छ । कडकनाथ कुखराको नामले पनी यसलाई चिनिन्छ । कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला ,शरीरको रौ सबैकालो हुन्छ ।

यसको रगत बाहेक सबै अंग कालो हुने वैज्ञानिकहरु बताउँछन्

भारत मध्य प्रदेश उत्पति मानिएको यो कालो कुखुरा भारतको आदिबासी समुदायमा लोकप्रिय छ । आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाड्पर्ब,देबिदेउतालाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जस्का कारण जङ्गलमा भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

बि एम सी अन्तर्गत प्रमुख ३ जात छन् जसमा १ कडक नाथ ,२सिल्की , ३ आयम सेमानी ह । त्यसमा पनि कडकनाथ प्रजातिको कुखुरा पालान र यसको ब्यवसायले नेपालमा राम्रो सम्भावना बोकेको छ । कडकनाथ कुखुराको मुख्य बिसेशता भनेको स्थानीय बातावरणमा सहजै बढ्ने, रोग प्रतिरोधात्मक क्षमता भएको, केहि गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुन सक्ने र त्यस्तो वातावरणमा राम्रोसँग हुर्किन सक्नु हो । त्यसैले नेपालको तराइ र पहाडी भेगमा यो प्रजातिको कुखुराको राम्रो सम्भावना देखिएको छ ।

प्रोटिनको मात्रा २५प्रतीशत भन्दा बढी हुन्छ साधारन्तय चराहरुमा १८ देखि २० प्रतीशत सम्म मात्र प्रोटिन हुन्छ ।
जानकारहरुका अनुसार महिलाहरुमा देखिने बाजोपनको उपचार, मष्तिस्क सम्बन्धित रोग, मुटु सम्बन्धित रोग हुनेहरुको लागि यो जातको कुखुराको मासु राम्रो हुन्छ। दिर्घकालीन रोगहरुसंग लडन सक्ने क्ष्यमतापनी यसमा बडी हुन्छ ।

यसको अण्डामा समेत उच्च रुपमा प्रोटिनको मात्रा हुने र फ्याटको मात्रा कम हुने हुदा मानव स्वास्थ्यको लागि अति उत्तम हुन्छ । यस्को प्रयोगले टाउको दुख्ने, रिङ्गटा लाग्ने र किड्नीको समस्यालाई नि कम गराउछ ।

नेपालमा कडक नाथ जातको कुखुराको ब्यबसायिक सम्भाना छ । हेर्दा कालो हुने हुदा धेरैले यसलाई मन नपराउने भएता पनि यसको पोषण तत्वको हिसाबले उत्कृस्ट कुखुराको मासुमा कालो कुखुराको मासु पर्छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏