सर्पगन्धाको व्यावसायिक खेती कसरी गर्ने ?

कृषि पोष्ट संवाददाता

>सर्पगन्धा एक वहुवर्षे सदावहार विरुवा हो। यसको व्यापारिक नाम रावलफिया हो। रावलफिया भन्ने शब्द १६ औं शताब्दिका जर्मन चिकित्सक राउओल्फको नामबाट आएको हो।

>>सर्पगन्धा Apocynaceae परिवार अन्तर्गत पर्ने बिरुवा हो । यसको बैज्ञानिक नाम
Rauwolfia serpentina हो अङ्ग्रेजीमा Indian Snakeroot भनेर चिनिने यसको अन्य नामहरुमा चाँदमरुवा , पागल वटी ,चंद्रभामा ,छोटा चाँद ,धवल वरूआ, सुगंधा आदि हुन ।

>>यो विरुवा साधारणतया ५० से.मी. सम्म उचाई भएता पनि कहिले काही १ देखि १.५ मिटरसम्म उचाई भएको पाइन्छ।

>>यसका पातहरू चिल्ला , लामा , भालाकार हुन्छन् र प्रत्येक आँख्लाबाट तीन–तीन वटा पातहरू निस्कीएका हुन्छन्।

>फूल झुप्पा झुप्पा भएर फुल्दछन् र हल्का सेता र गुलाफी रंगका हुन्छन्।

>यसका फूलहरू चैत्रदेखि फुल्न शुरु गर्छन् र पोष सम्म फूल फुल्ने क्रम जारी रहन्छ।

> फलहरू ज्येष्ठको अन्तिमबाट पाक्न शुरु गर्छन्।
>फलको रंग पाकेपछि कालो हुन्छ। फल र बीउ चेप्टो गोलो हुन्छ।
बीउको रंग खैरो हुन्छ र बाहिरी भाग कडा हुन्छ।
>जाडो याममा यो विरुवा सुसुप्त अवस्थामा रहन्छ र वसन्त ऋतुमा नयाँ पालुवा आउन शुरु भै फूल फूल्न थाल्दछन्।

>>अत्याधिक संकलनले गर्दा यो विरुवा लोप हुने स्थितिमा पुगेकोले प्राकृतिक अवस्थाबाट सङ्कलन गरी व्यापार गर्न प्रतिबन्धित गरिएको छ र यसलाई संकटापन्न विरुवाको सुचीमा समेत राखिएको छ । फैलावट :- >>प्राकृतिक अवस्थामा यो विरुवा पतझर ओसिलो जंगलमा पाइन्छ।
>>समुद्र सतह देखि १२०० मिटरको उचाई सम्म यो विरुवा पाइन्छ।
>>विशेष गरेर सालको जंगलमा यो विरुवा पाइन्छ।
>>उष्ण प्रदेशिय वनस्पति भएकोले यो विरुवा नेपाल लगायत भारत , वर्मा आदि देशहरूमा पाइन्छ यो एसिया बाहेक अफ्रिका र अमेरिकाको उष्ण भूभागमा समेत पाइन्छ।

उपयोगिताः-

>>रावलफियाको जरा शताब्दी पहिले देखि नै आयुर्वेदिक औषधीमा प्रयोग हुँर्दै आईरहेको छ भने आधुनिक औषधीमा पनि यसको प्रयोग केही दशक अघि देखि भैरहेको छ।

>>सर्पगन्धाको जरा उच्च रक्तचापका लागि अति नै उपयोगी मानिन्छ। यो जडीबुटीलाई प्रशोधन नगरी कोरा रूपमा नै रक्तचापको रोगमा प्रयोग गर्न पनि सकिन्छ। यसको जरा सुपारीको टुक्रा समानको आकारमा खाएमा उच्च रक्तचाप नियन्त्रण हुन्छ।

>>संसार भरि नै हाल रसायनबाट तयार गरिएको औषधीहरूले दीर्घकालीन रूपमा स्वास्थ्यलाई हानी गर्न सक्ने सम्भावना बढी भएको कारणले विकसित देशहरूका उपभोक्ताहरूले हाल जडीबुटीमा आधारित औषधीको प्रयोग गर्न सुरु गरेका छन्। तसर्थ सर्पगन्धाको माग बढी रहेको छ।

>>सर्पगन्धाको जरामा रहेका रिपर्पिन, सर्पेन्टाईन र एजमालिन आदि नामका मुख्य वनस्पति जन्य रसायनहरू उच्च रक्तचाप , निन्द्रा नलाग्ने , पागलपन , मानसिक उत्तेजना र मृगि जस्ता रोगहरूमा समेत उपयोगी भएकोले हानी रहित प्राकृतिक औषधीको रूपमा प्रयोग गरिन्छ। तसर्थ उपर्युक्त रोगहरू निदान गर्न सर्पगन्धा महत्त्वपूर्ण र हानी रहित कच्चा पदार्थको रूपमा ख्याति प्रा्प्त जडिबुटिको रूपमा चिनिन्छ।

>>नेपालमा आयुर्वेदिक औषधि निर्माता कम्पनीहरू सिंहदरबार वैद्यखानाले “सर्पगन्धावटी ” , गोरखा आयुर्वेदिक कम्पनीले “टेन्सारिन ” र भारतको डावर कम्पनीले “रिपर्पिन ” नामको औषधि उत्पादनमा सर्पगन्धा जडीबुटीको खपत गरी राखेका छन्।

>>नेपालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले यसको जरा प्रति के.जी. रु १००।–मा खरीद गर्दछ भने गोरखा आयुर्वेदिक कम्पनीले प्रति के.जी. रु १५०।–मा खरीद गर्ने गरेको छ। जर्मनीमा यसको जराको मूल्य प्रति केजी ५ अमेरिकी डलर अर्थात् ने. रु . ३७५।– रहेको छ। यसको बजार स्वदेश लगायत विश्व भरि नै भएकोले यसको खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ।

खेती प्रविधिः-

>>यसको खेतीको लागि नरम तथा ओसिलो हावापानी भएको क्षेत्र उपयुक्त मानिन्छ। विरुवाले खुला स्थान भन्दा केही छायाँ मन पराउने भएकोले आंशिक छहारी भएका स्थानमा खेती गर्न उपयुक्त हुन्छ।

>>सर्पगन्धाको खेती तराई देखि १००० मी.को उचाई सम्ममा गर्न सकिन्छ , तापनि तराई र भित्री मधेशहरू यसको खेतीको लागि उपयुक्त मानिन्छ।

>>हाम्रो देशको तराई भित्री मधेसको क्षेत्र यसको खेतीको लागि राम्रो मानिएको छ।

बाली सङ्कलन:-

>>सर्पगन्धाको बाली सङ्कलन भनेको जरा खनेर निकाल्नु हो।
>>रोपेको १८ देखि ३० महिनामा बाली सङ्कलन गर्न सकिन्छ।
>>जरा मंसीर / पौष महिनामा खन्नु पर्दछ किनकि उक्त समयमा जरामा सार तत्त्व बढी हुन्छ।
>> व्यवसायिक खेती गर्दा १५ देखि १८ महिनामा बाली सङ्कलन गर्दा फाईदाजनक हुन्छ। गुणस्तरियता कायम गर्न जरा खन्दा जरामा रहेका मसिना रौं जस्ता जरा समेत रहने गरी र बोक्रा नबिग्रने गरी खन्नु पर्दछ।
>>जरा खनीसकेपछि राम्रोसँग सफा गरी हावादार छहारीमा सूकाउनु पर्दछ।
>>राम्ररी सुकेका जराहरूको सानो सानो टुक्रा पनि पिट–पिट भाँचिने हुन्छ। यसरी सुकाएका जराहरू बोरामा राखी पानी नपस्ने र हावादार कोठामा भण्डार गरिन्छ।

उत्पादन:-

औषधीमा काम लाग्ने भाग यसको जरा हो। मुख्य जरा २ देखि २.५ फिट सम्मको गहिराईमा सोझै जमीन मुनि गएको हुन्छ भने सहायक जराहरू जमीनको चारैतिर फिंजिएका हुन्छन्। सहायक र मुख्य जरामा रौं जस्ता मसिना जराहरू हुन्छन्।

>>गुणस्तरिय कच्चा पदार्थमा मसीना रौं जस्ता जरा हुनु अति आवश्यक हुन्छ।

>>१८ महिनामा बाली सङ्कलन गरेमा एउटा बोटबाट १०० ग्रामदेखि ४ के. जी सम्म ताजा जरा उत्पादन हुन्छ।

>>१ हेक्टर जमीनबाट २०००–२२०० के. जी. सम्म जरा उत्पादन हुन्छ भने ३० महिनामा सङ्कलन गर्दा जराको उत्पादन ३३००–३६०० के. जी. प्रति हेक्टर उत्पादन हुन्छ।

>>यसरी २ वर्षे विरुवाबाट सुकेको जराको उत्पादन लिन सकिन्छ भने ३ वर्षे विरुवाबाट ३६०० के. जी. सम्म उत्पादन गर्न सकिन्छ।

संकलन/सम्पादन :-रितेश कुमार साह

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏