सम्भावना को खेती स्ट्रॉबेरी

कृषि पोष्ट संवाददाता

-राजेन्द्र देवकोटा

जापानबाट नेपाल भित्रिएको स्ट्रबेरी -भुइँकाफल नेपालमा तुलनात्मक रुपमा नयाँ हो तर धेरै नेपालीहरू जाडो याममा (मङसिर देखि फागुनसम्म) ताजा स्ट्रबेरीको स्वादमा रमाउँदै आएका छन् ।

स्ट्रबेरीलाई १५००–२५०० मिटरको उचाइ, ४–२५ डिग्रीको सरदर तापक्रम र वर्षमा ३०००–४००० मिलि बीचको वर्षाको आवश्यकता पर्दछ । नुवाकोटका क्षेत्रहरू यसका लागि अत्यन्त उपयुक्त छन् ।
सम्भावना को खेती स्ट्रॉबेरी

नुवाकोटको ककनी, ओखरपौवा र चाउथे गाविसमा दुई दशकदेखि तीन सय किसान स्ट्रबेरी खेतीमा संलग्न छन्। नेपालमै पहिलो पटक सफलतापूर्वक खेती सुरु भएको ठाउँ ओखरपौवा मात्र हो | हाल स्ट्रबेरी नुवाकोटको पहिचानका रुपमा विकास गर्नका लागि छिमेकी गाविसमा समेत विस्तार हुँदै गएको छ |
ठूलो आकार भएका र सबैभन्दा उच्च गुणस्तरीय स्ट्रबेरीहरू ठूला होटलहरूले खरिद गर्दछन् र भारत निर्यात हुन्छन् र अन्य राम्रो गुणस्तर भएका स्ट्रबेरीहरू स्थानीय बजार र काठमाडौँमा बिक्री हुन्छन् । धेरैले ताजा स्ट्रबेरी मनपराउँछन् तर तिनलाई जुसमा , जाम बनाउनका लागि र पकाउने काममा पनि प्रयोग गर्न सकिन्छ । स्ट्रबेरीलाई उच्च कोटीको खानेकुराको रुपमा लिइन्छ किनकी यसमा उच्च मात्रामा भिटामिन सी र फाइबर हुन्छन् ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏