चिनिने गोलभेडा खेतीबारे सम्पूर्ण जानकारी

कृषि पोष्ट संवाददाता

काठमाडौं।

गोलभेडा तरकारीको एक प्रकार जो साना-साना बोटमा फल्छ, प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ। वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने गोलभेडा सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो। गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ। यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली) पनि हुन्छ।

टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य हुनुका साथै यसको व्यापक उत्पादन हुन्छ। आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो, तर ‘केप्ड भेजिटेबल’-मा यसको पहिलो स्थान छ। सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ। पोर्तुगालीहरूले यसलाई भारतमा परिचित गरेका थिए। अहिले यो भारतमा एक महत्त्वपूर्ण तथा लाभकारी सब्जी भएको छ।

उत्तर प्रदेश, महाराष्ट्र्, कर्णाटका, बिहार, उडिस्सा प्रमुख टमाटर उत्पादन गर्ने राज्य हुन्। सिक्किमको अनुकूल कृषि जलवायु परिवेशको कारण वर्षभरि नै यहाँ टमाटर उत्पादन गर्न सकिन्छ।

पानी तथा सिँचाइ सम्पादन
टमाटरलाई धेरै सतर्कतापूर्वक सिँचाइ गर्नुपर्छ। बालीको ओसको आवश्यकता पूरा गर्नको निम्ति पानीको स्तरले प्रमुख भूमिका खेल्ने देखिएको छ। ठाडो बालीलाई प्रत्येक पाँचदेखि सात दिनको भित्रमा र भुइँमा झ्याँगिएको बालीलाई हरेक १० दिनमा पानी लगाउनुपर्छ।

फल लाग्ने समयमा अचानक धेरै पानी परेपछि सुक्खा अवधि भएमा फल चिरा पर्छ। साधारणत: खुला कुलो बनाएर पनि पानी लगाउने प्रचलन छ। यो विधि धेरै किफायती छ र खुला खेतमा गुणस्तरीय टमाटर उत्पादन हुन्छ।

माथिबाट छिट्ने विधिलाई पनि परिवर्तन गरिएको छ जसले सिँचाइसँग मल पनि प्रदान गर्छ। यो विधि अधिकांश ग्रीनहाउस, ग्लास हाउस वा पोली हाउसमा प्रयोग गरिन्छ।

जलवायुको आवश्यकता सम्पादन
टमाटर एक गर्मी मौसमको बाली हो, तर यो ठण्डी मौसममा पनि व्यापक रूपमा उत्पादन गर्न सकिन्छ। यसको बोटले धेरै तुषारो सहन सक्दैन। २१ देखि २३ डिग्री सेन्टिग्रेडको औसत मासिक तापमानमा यसको फसल राम्रो हुन्छ, तर व्यापारिक रूपमा यो १८ देखि २७ डिग्री सेन्टिग्रेड तापमानसम्म उत्पादन गर्न सकिन्छ।

धेरै उच्च र धेरै निम्न तापमानमा बीजको अङ्कुरण कम, बिरुवा वृद्धि कम, फूल झर्ने हुन्छ, जसबाट टमाटरको गुणस्तर र उत्पादनमा कमी आउँछ। तापमान, साथसाथै प्रकाशको चर्कोपनले यसको फल लाग्ने क्रिया, रङ्ग र फलको पौष्टिक मूल्यलाई असर गर्छ। सिक्किममा बर्खायाममा अत्यधिक पानी पर्ने हुनाले त्यस समय यसको उत्पादन पोलीहाउसमा नै सीमित हुन्छ।

रोग तथा रोकथाम सम्पादन
टमाटरमा धेरै रोगहरू लाग्न सक्छन्। ढुसी, ब्याक्टेरिया वा जीवाणु, भाइरस, जरा गुजुल्टाउने त्यान्द्रे जुका वा असामान्य मौसमको परिवेशका कारण रोगहरू लाग्न सक्छन्। केही प्रमुख रोग र त्यसका रोकथामका उपायहरूबारे तल चर्चा गरिएको छ:

लक्षण

नर्सरीको ब्याडमा यो रोग लाग्छ। माटोमाथि बाहिर टुसा पलाउनअघि नै कलिलो बिरुवा मर्छ। यो घटना माटोको सतहमा हुने भएकोले बाली राम्रोसँग खडा हुन नसक्नुबाहेक यो रोग प्राय: थाहा पाउन सकिँदैन। टुसा पलाएपछि ओस लाग्ने घटना स्पष्ट देख्न सकिन्छ। माटोमा टुसा पलाएपछि आक्रमण झेल्न सकने भएर जबसम्म बोटको काण्ड कडा हुँदैन, कुनै पनि समयमा रोग लागेको बिरुवा लड्न सक्ने यो चरणको रोगको लक्षण हो। रोग अघिबाटै लागेको अवस्थामा फेदमा यसको काण्ड खुम्चिन्छ र बोट ढल्छ।

रोकथामका उपाय
•ओस लाग्ने रोगको निम्ति ट्रिकोडर्मा हर्जियानम र पेनिसिलियम अक्जालिकमको जीवाणु अनि स्युडोमोनस एकपाकिया र स्युडोमोनस फ्लोरेसिनले बीजको बाहिरी आवरणको उपचार गर्नु जैविक-रोकथामको एक असरदार विधि पाइएको छ। •सोलानासियस (बिरुवाको एउटा जात) बालीभन्दा फरक अरू बालीसँग फसल-चक्र चलाउनुपर्छ।

अन्य_सावधानीहरू :
क. अत्यधिक पानी बहने ठाउँमा बिरुवाको ब्याड हुर्काउनुहोस्। ख. झुरूप्पै बिरुवा लाग्न नदिन पातलो रोप्नुहोस्। ग. बिरुवाको लागि हल्का बलौटे माटो वा बढेको बिरुवाको लागि मिहिन मसिनो बलौटा मिसिएको आराको भुसको मिस्रण प्रयोग गर्नुहोस्। घ. राम्रोसँग सडेको मल प्रयोग गर्नुहोस्। ङ. हल्का तर बारम्बार सिँचाइ गर्नुहोस्, अनि च. ३० सेन्टीमिटर बाक्लो खेतको डाँठ वा ठूटाठुटीहरू बिरुवाको ब्याडमा जलाएर माटोको जीवाणुहरू मार्ने कार्य गर्नुहोस्।

चाँडै लाग्ने ढुसी (अल्टरनेरिया सोलानी) सम्पादन
लक्षण

यो रोगले हाँगाबिगालाई असर गर्छ अनि कटमेरो फलमा खैरो दागी लाग्छ। यो फल झर्छ अनि व्यापक सङ्क्रमण भएमा बोट सुक्छ।

रोकथामका_उपाय
क. दुई-तीन वर्षमा एकपल्ट सोलानासियस परिवारमा नपर्ने बालीसँग फसल-चक्र चलाउनुहोस्। ख. खेतमा रोग लागेको बोट देख्नेबित्तिकै त्यसलाई उखेलेर जलाउनुहोस्। ग. रोग लाग्नअघि एक हप्ताको फरकमा बोरेडक्स मिस्रण (१ प्रतिशत) बालीमा छर्कनु वा स्प्रे गर्नुपर्छ।

लक्षण

यो रोगले डाँठ, पात र फललाई असर गर्छ। फलको कुहेको भाग गाँठिलो र उस्तै हुन्छ अनि खैरो हरियो रंगको बन्छ भने रोग नलागेको फलको भाग पाक्छ।

रोकथामका_उपाय
ओस वा चिसो लाग्न नदिन पोलीहाउस राम्रोसँग हावा छिर्ने बनाउनुपर्छ। ओसलाई नियन्त्रणमा राख्न बालीमा झारपात हुनुहुँदैन। खेतको छेउछाउमा झारपात उम्रन दिनुहुँदैन। बालीको ठुटाठूटी वा झ्यासझूस जलाउनुपर्छ। यो रोगको रोकथाम गर्नको निम्ति दुई-तीन वर्षमा रोग नलाग्ने बालीसँग फसल-चक्र चलाउनुपर्छ।

बोट मुर्झाउने जीवाणु (स्युडोमोनस सोलानासियरम)

लक्षण

यो विशेष लक्षण हाँगाबिगाहरू मुर्झाउने, नबढ्ने र पहेंलिने भएर देखा पर्दछ। यदि रोग लागेको डाँठलाई काटियो र त्यसलाई निचोरियो भने रस-ग्रन्थिबाट जीवाणुको सेतो लेदोजस्तो बाहिर आउँछ।

रोकथामका उपाय

क. फसल-चक्र चलाउनुपर्छ। ख. खेतमा रोग लागेको बोट देख्नेबित्तिकै जतिसक्दो चाँडो त्यसलाई उखेलेर जलाउनुपर्छ। ग. रोगसँग लड्नसक्ने क्षमता भएका प्रजातिहरू उब्जनी गर्नुहोस्। घ. १ प्रतिशत बोरेडक्सको मिस्रण छिट्नुहोस् वा स्प्रे गर्नुहोस्।

पात दोब्राउने (गेमिनी भाइरस) सम्पादन
लक्षण

बोटको पात नराम्रोसँग दोब्रिन्छ वा बटारिन्छ। पातको आकार पनि घट्छ। यदि पात दोब्राउने रोगसँग टाटेपाटे भाइरस पनि लाग्यो भने बोटबाट निकै कम उत्पादन हुन्छ वा उत्पादन नहुन पनि सक्ने देखिएको छ।

रोकथामका उपाय

कुनै पनि भाइरस रोगलाई रोकथाम गर्न निकै गाह्रो हुन्छ। बजारमा भाइरसनाशक कुनै ओषधि पाइँदैन। तल दिइएका विधि अप्नाएर मात्र यो रोगको रोकथाम गर्न सकिन्छ:

क. रोगलाई दोस्रोपल्ट फैलन नदिन रोग लागेको बोटलाई उखेलेर जलाउनुहोस्। ख. समुचित जैविक-कीटनाशकको प्रयोग गरेर कीराहरूलाई निर्धारित सीमा स्तर (ईटीएल)-भन्दा मुनि राख्नुपर्छ, जसले गर्दा रोग थप फैलन नसकोस्। ग. बिरुवा रोप्नअघि ५०० पीपीएम साइकोसेलको घोलमा बिरुवालाई एक घण्टासम्म भिजाउनुपर्छ। घ. कीटनाशकको व्यवस्थित प्रयोग गरेर सेतो झिँगालाई नियन्त्रण गर्न सकिन्छ।

मोजाइक अर्थात् टाटेपाटे भाइरस (भाइरस) सम्पादन
लक्षण

पातमा बिराएर हरियो तथा हल्का हरियो रङ्ग (क्लोरोटिक) दागहरू देखा पर्छ। धेरै रोग लागेको बोटमा कम उत्पादन हुन्छ वा उत्पादन हुँदैन।

रोकथामका उपाय

भाइरस रोगको रोकथाम गर्न निकै गाह्रो हुन्छ। तर सावधानी अप्नाएर टमाटरको पात दोब्राउने रोगलाई नियन्त्रणमा राख्न सकिन्छ।

कीरा तथा कीटपतंग

टमाटरलाई अनेकौं कीरा तथा कीटपतंगहरूले आक्रमण गर्छन्। यसको रोकथामका केही प्रमुख उपायहरूबारे तल चर्चा गरिएको छ:

काण्ड छेदक (युगोफेरा पार्टीसेला)

यो एक मध्यम आकारको सानो कीरा हो, जसको २३.२ सेन्टीमिटर विस्तार भएको पखेटा अनि पेट र अघिल्लो पखेटा फुस्रो पहेंलो रंगको हुन्छ, पछिल्लो पखेटा सेतो अनि टाउको र छाती कैलो रंगको हुन्छ।

यो रोगले आश्रय लिने बोट बैगुन, आलु, टमाटर र खोर्सानी। क्षति तथा लक्षण लाभ्रेको कारणले क्षति हुन्छ। यसको लाभ्रेले कलिलो डाँठ खान्छ, संक्रमित बोट मुर्झाएको देखिन्छ।

रोकथामका उपाय •मुर्झाएको बोट उखेलेर जलाउनुपर्छ। •यो काण्ड छेद गर्ने लाभ्रेको घटना देखिनुअघि नै १५ दिनको फरकमा जैविक-कीटनाशक छर्कनुपर्छ।

सुर्तीमा लाग्ने लाभ्रेकीरा (स्पोडोप्टेरा लिटुरा) यो देशभरि निस्कने एक पोलीफेगस जातको किरा हो।

यो किराले आश्रय लिने बोट सुर्तीबाहेक यसले आलु, टमाटर, चना, मकै र बन्दकोपी आदिलाई पनि आक्रमण गर्छ।

आक्रमणबाट हुने क्षति तथा लक्षण यो लाभ्रेले राति पात, काण्डको कलिलो भाग र फल खान्छ, जसले गर्दा धेरै क्षति हुन्छ। यो अत्यन्त विनाशकारी किरा हो, किनभने यसले पात, काण्ड र फलभित्र छेद वा दुलो पारेर त्यसको भित्री भाग खान्छ।

रोकथामका उपाय

•नियमित रूपमा खेतबारीको हेरचाह गर्नुहोस्। •लाभ्रेलाई जमा गरेर जलाउनुहोस्। चनाको कोसा दुलो पार्ने छेदक (हेलिकोभरपा अर्मीगेरा) यो भारतभरि पाइन्छ अनि उष्टकटिबन्धीय (गर्मी) तथा उप-उष्णकटिबन्धीय क्षेत्रमा प्रचुर पाइन्छ।

क्षति तथा लक्षण

यसको लाभ्रेले हरियो बोटको अङ्ग खान्छ, जसले गर्दा बोटको हाँगाविँगा नाङ्गो हुन्छ। सबैभन्दा धेरै क्षति फलमा हुन्छ, जसमा गोलो प्वाल पर्छ। कलिलो लाभ्रेले बाहिरबाटै पातहरू खान्छ भने ठूलो लाभ्रे फूल र फलभित्र पसेर त्यसलाई चबाउँछ, जसबाट प्युपा हुनअघि ३०-३५ प्रतिशतको क्षति हुन्छ।

रोकथामका उपाय

माटोको आवश्यकता सम्पादन टमाटर विभिन्न प्रकारको माटोमा उत्पादन गर्न सकिन्छ- बलौटे उर्वर माटो, दोमट माटो, कालो माटो र राम्रो पानी बहने व्यवस्था भएको कालो माटोमा यसको खेती गर्न सकिन्छ। तर राम्रोसँग पानी बहने, माथिल्लो तहमा हल्का बलौटा र भित्री तहमा राम्रो दोमट भएको माटोमा यसको उब्जनी राम्रो हुन्छ। टमाटरले ठीक्कको अम्लता र क्षार भएको माटो सहन सक्छ। अम्लताको मात्रा ५.५ देखि ७.५ भएको माटोमा यसले उत्तम उत्पादन दिन्छ। सिक्किमको माटो अम्लीय प्रकारको छ, यसैले राम्रो फसल उब्जनीको लागि प्रति वर्ग मीटर २०० ग्रामको दरले डोलामाइट लगाउन सुझाइन्छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏