नेपाल कै कान्छी उद्यमि ओखल्ढुङ्गे

कृषि पो्ट संवाददाता

इन्दिरा खतिवडा

बिक्रम सम्बत २०५८ साउन १६ गते ओखलढुंगा हालको चिसन्खुगढि गाउपालिका ७ माम्खामा पिता शिबलाल खतिवडा र उहाँको धर्म पत्नी राधा खतिवडाको कोखबाट यस धर्तीमा जन्मनु भएकी सुपुत्रि इन्दिरा खतिवडा उमेरले बल्ल २० बर्ष पुग्नु भयो l

बिक्रम सम्बत २०७३ को SEE परिक्षा दिए लगत्तै “रुम्जाटार कृषि क्याम्पस” मा भर्ना भैइ कृषि बिसयमा डिब्लोमा इन एगृकल्चर ( Diploma in agricultural ) ३ बर्ष को अध्यान पूरा गरे लगत्तै आफ्नै इच्छा अनुसार आफ्नो पठाइ लाई फिल्डमै उतार्नु पर्छ भन्ने तिब्र चाहाना र निरन्तरको लामो ब्याबसायिक छलफल पछि ं इन्दिरा फलफूल नर्सरी तथा कृषि फर्म दर्ता गरि ब्याबसायिक फलफुल तथा नर्सरी ब्याबसाय लाई निरन्तर अगाडि बढाउदै आउनु भएको छ l अहिले उहाको सिद्दिचरण नगरपालिका ४ रुम्जाटारमा अबस्थित उहाको कृषि फर्म मा टिमुर , हाइब्रेड कागती, ड्रागन फ्रुट , अनार,लिची, आँप , धुपी ,सुन्तला ,सपाेटा, काजु,ल्वाङ , लगायत २५ भन्दा बढी प्रजातीका फलफुलका बिरुवा रहेको उहाले बताउनु भयो।

अब को भाबी योजान केछ? भनेर गरेको प्रस्न मा उहाको जबाफ ” अहिले यसबाट व्यावसायिक केहि ज्ञान् तथा सीप सिक्दै हिउदमा आफुलाइ चाइने सबै प्रकारका बीउबिजन ल्याइ सबै नयाँ तथा पुराना प्रजातिका फलफूलका बिरुवा साथै सबै प्रजाती फुल गुलाफ ,क्रोटोन ,टुलिप,क्यामेलिया,सयपत्री ,स्नेक प्लान्ट , मोनि प्लान्ट ,क्रीस्मस िट्र का बिरुवाहरुको उत्पादन तथा कलमी फुलका विरुवा हरुको तयारी , गर्नका साथै नर्सरीको समुचित विकास गर्दै ओखलढुंगा ,सोलुखुम्बु ,खोटाङ लगायत पुर्ब का धेरै जिल्लामा बिरुवामा आवश्यकता को परिपुर्ति गर्न का साथै फलफूल मा आत्म निर्भर बनाउने साथै थप अन्य कृषि ब्यबसाय लाई विशेष प्राथमिकता का साथ अगाडी बढाउने उहाको ब्याबसायिक योजना रहेको उहाले बताउनु भयो।

कुल दुई लाख पचास हजार(२,५०,०००) को लागत बाट सुरु गर्नु भएको उक्त कृषि फर्म लाई थप लगानी बिस्तार गरि निश्चित उचाइ मा पुराउने उहाको भनाइ छ। मेरो कृषि प्रती को लगाब देखेर बुबा मोमि दाइ भाइ सबै परिबारको मीठो साथ रहेको उहाले बताउनु भयो l बुबाको कृषि प्रती को प्रेम र चाख लाई आफुले पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ,नेपालमा कृषिमा अतिनै सम्भावना हुदा हुँदै लगानी को अभाब र सरकारको तेहि अनुरुपको कानुनी प्रक्रिया झन्झटिलो सारकारी नियम ले नेपालमा युबाहरु कृषिमा आक्रसित हुन नसकेको र दिनानु दिन लाखौं युबाहरु बिदेशिन बाध्य भएको उहाको भनाइ छ।

तपाईं यति सानो उमेरमा उद्यमि बन्ने सोच काहाबाट कसरी आयो ?? भन्ने प्रस्नमा उहाँ को बिचार जस्ता को तस्तै :”महिलाहरु ले जागिर मा हेपिनु पर्ने, अरुको दबाबमा बस्नुपर्ने , धेरै भनाइ खानु पर्ने र जागिर मिलिहाले पनि सामन्य आधारभूत आबस्यकता पुर्ती गर्न धौधौ हुने तलब पाइने र अर्को म सानै देखि आफैले केही गर्छु भन्ने भित्रै देखिको अठोट र शान्ता बास्कोटा(कोइराला) ,सर्मिला अधिकारि रावत लगाएत का महिला उधउध्यमी साथै कृषि व्यावसायि शिशिर राबत लक्ष्मण चलिसे लगायत धेरै ब्याबसायी लाई नजिकबाट नियाल्दाको परिणाम आफैले केही गर्नै पर्छ भन्ने निचोड को परिणाम नैइन्दिरा फलफुल् नर्सरी तथा कृषि फर्मको जन्मको कारण हो ।

ब्याबसायिक जीवनमा हाम फाल्दा परिबारको सपोर्ट कस्तो छ भन्ने प्रस्न मा उहाको भनाइ परिबार को सपोर्ट बिना त केही सोच्न पनि सकिँदैन मेरो कृषि प्रतीको अदितिय लगाब देखेर बुबा मोमि दाइ र भाइले पनि यो उमेरमा असाध्यै धेरै साथ र सहयोग गरेको उहाँ ले बताउनु भयो साधै समाजको उच्च भरोसा र आफन्तको छरछिमेकीको म प्रती को उच्च भरोसाले थप उर्जा आएको उहाको भनाइ छ र कृषि पढ्दै गर्दा नेपालका धेरै कृषि संग सम्बन्धित धेरै ठाउँमा घुम्दा सिकेको अनुभव ले थप उर्जा दिएको उहाको भनाइछ कुन कुन ठाउँ बाट कृषि अध्यान अनुसन्धान गर्नु भो भन्ने हाम्रो प्रस्नमा उहाँ भन्नू हुन्छ बाख्रा अनुसन्धान केन्द्र बन्दिपुर , प्रदेश 1 को कृषि अनुसन्धान केन्द्र , कास्कीको लुम्लेमा रहेको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, मकै अनुसन्धान केन्द्र चितवन , मत्स्य अनुसन्धान केन्द्र पोखरा , खुमलटारमा रहेको बोटानिक , मलेपाटन लगायत धेरै ठाउको अध्यान र अनुसन्धान ले थप आफुलाइ उत्प्रेरित गरेको उहाको भनाइ छ।

ब्याबसायीक सफलता पछि आफू समाजको सेवा गर्ने, ब्याबसाय बिस्तार गर्ने, महिला पनि उद्यमि बन्न सकिन्छ भन्ने उदाहरण को पात्र बन्ने, महिला स्वाबलम्बी र महिला सशक्तीकरण महिला उत्प्रेरक बक्ता बन्ने र नेपाल मा योग ध्यान प्राणयाम र आध्यात्मिक जीवन पद्धति अपनाइ अध्यात्मिक समाज को निर्माण गर्ने उहाको जीवन का ब्याबसायिक सफलता पछि का योजना रहेकाछ्न।

अन्त्यमा सधै आफुलाइ अगाडी बढ्न उत्प्रेरित गर्ने दाजु दिपक खतिवडा , भाइ राजन ,बुबा र मोमि र मेरो टाढाको आत्मिय दाजु सुनिल पौडेल लक्ष्मण चलिसे , कृष्ण भुसाल र मेरा आफन्त शुभचिन्तक सबैलाइ धन्यवाद दिन चाहान्छु र ब्याबसायिक फलफूल तथा नर्सरी र अन्य कृषि ब्याबसायको सम्भावना र चुनौती बारे बुज्न चाए र नर्सरी का बिरुवा चाइए मेरो फोन नम्बर ९८४६६६३३२५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏