झोल मल बनाउने तरिका र यसको उपयोगिता :

कृषि पो्ट संवाददाता

परिचय

वातावरणीय नास नपुर्याई सामाजिक परिवेश र भौगोलिक अवस्थासंग मेल खाने तरिका अपनाउदै वातावरणीय हिसाबले आफू र आफ्ना सन्ततिको स्वास्थयको हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको झोल मल बोटबिरुवालाई छिटो र छरितोसँग बढाउन ,मजबूत बनाउन ,उत्पादन शक्ति बढाउन,पौष्टिक तत्वको साथै रोग किराको प्रकोपबाट समेत बचाउने काम गर्दछ丨

सामान्यतया विभिन्न किसिमका अमिलो ,तितो ,टर्रो स्वाद भएका वनस्पतिहरु जस्तै कागती घास ,हजारीफूल ,इपिलइपिल ,प्याज ,खुर्सानी ,तुलसी ,टिमुर,मेवाकोपात ,बकाइनो ,नीम ,तितेपाती ,असुरो ,बोझो ,सुर्ती ,केतुके ,बनमारा ,लहरे तरकारीका पातहरु तथा गाईभैसीको पिसाब , साथै काचो गोबर ,खरानी ,प्लास्टिकको ड्रम ,कपडा वा बोरा आदि प्रयोग गरी बनाइएको मललाई झोल मल भनिन्छ। करेसाबारी ,नर्सरी व्यबस्थापन र तरकारी बालीमा यसलाई युरियाको सट्टामा प्रयोग गर्न सकिन्छ। युरियामा एउटा मात्र खाध्यत्व पाईन्छ भने यसमा सुक्ष्म तत्वहरु पनि पाईन्छ। यसलाई झोल अवस्थामा बिरुवाले सजिलै लिन सक्दछ , पातबाट समेत सोसिन्छ ,माटोमा चिस्यान बढाउन तसर्थ छोटो समयमा नै उल्लेखनीय प्रभाव देखिन्छ। झोल मलको प्रकार र बनाउने विधि : आवश्यकताको आधारमा , संरचनामा र प्रयोगको अनुसार ३ प्रकारको झोल मल तयार गरिन्छ ।

झोल मल १:

गोबर , गाईभैसीको मुत्र र पानी १:१:१ को अनुपातमा मिसाएर २ हप्ताभित्र प्रयोगका लागि तयार हुन्छ । घोल पानीको साथ १:३ अनुपातमा मिसिन्छ । बिषादी किटहरुलाई नियनत्रण गर्न मल र किटनाशक दुबैको रुपमा तयार गरेको यो घरेलु मल बोटबिरुवाको फेदमा खन्याइन्छ।

झोल मल २:

गाई भैसीको मुत्र र पानी गरी १:१ को अनुपातमा मिसाईन्छ ।मिश्रण २ हप्तामा प्रयोगको लागि तयारी हुन्छ। यसलाई १:३ को अनुपातमा पानीसँग मिसाईन्छ र बोटको पातमा स्प्रे गर्दै बिभिनन रोग र कीराको नियन्त्रण गर्दछ।

झोल मल ३:

सिसनु , तीतेपाती , बनमारा ,मेवाको पात जस्ता पिरो ,टर्रो खालका बिरुवाको पात तथा डाठहरु ,१ लिटर जिवाणु घोल ,१० के. जी बोटहरुको मिश्रण ,१ के. जी गोबर साथै गाईभैसीको पिसाब ५ लि . जतिको घोल बनाउने। यो झोल मल ३ लाई किरा, झुसिलिकिरा ,पात खाने किरा जस्तालाई नियनत्रण गर्न प्रयोग गरिन्छ। आवश्यकता अनुसार विभिन्न सरसामाग्रीहरु तथा वनस्पतिहरु जम्मा गर्न ,मसिनो बनाई वनस्पति, गोबर र खरानी राम्रोसंग मिसाई जुटको बोरा वा कपडामा बाधेर पानी र गाईबस्तुको गहुतको मिसरणमा डुबाएर राख्नु पर्दछ। २० लिटर क्ष्मता भएको ड्रममा झोल मल बनाउदा १० लिटर पानी र गहुत को मिश्रण ,१० के. जीजडिबुटी जन्य वनस्पति र १ के.जी गोबर साथै खरानी चाहिन्छ। गोबर र खरानीले सुक्ष्म जीवाणु उत्पादन गर्न सहयोग गर्दछ। ड्रमको पानी फिका चिया रंगको भयपछि र त्यसमा राखिएका वनस्पतिको पातको हरियोपन हटेपछि झोल मल तयार भएको बुझ्न पर्दछ।

प्रयोग विधि :

झोलमलले बिरुवालाई मल दिने ,माटोमा चिस्यान कायम राखने र किराबाट समेत बालीलाई बचाउने भएका यसलाई किरा लाग्ने समयमा पटक -पटक छर्नु पर्दछ। झोलमल कलिलो बिरुवा एवं हुर्केको बिरुवा दुवैमा छर्न सकिन्छ। झोलमल कडा हुने भएकाले पानी मिसाई प्रयोग गर्नु पर्दछ। कलिलो बिरुवामा प्रयोग गर्ने हो भने (१ भागमा १० भाग पानी ) मिसाई प्रयोग गर्न सकिन्छ भने हुर्केको बोटलाई १ भागमा ५ भाग पानी मिसाई प्रयोग गर्न सकिन्छ । पहिलो पटक तयार भएको झोल मल ज्यादै कडा हुने भएकाले पानी बढी मिसाउनु पर्दछ। त्यसपछि त्यहि भाडोमा वनस्पति नझिकिकन फेरी पानी राखेर बनाईएको झोल मल कम कडा हुन्छ। झोलमल को उपयोगिता : स्थानीय सामग्री साथै ज्ञान सीपको उपयोग ,वातावरण संरक्षण तथा पर्यावरणीय सन्तुलन ,रासायनिक मल र बिषादीको सन्तुलित प्रयोग ,रोग किराको स्तःनिया व्यबस्थापन र सिचाइको व्यवस्था ,फाइदाजनक सुक्ष्म जीवाणुहरुको संक्रियता वृद्धि गरि जैविक माटो व्यबस्थापन ,मानव स्वास्थ्यका लागी गुणस्तरिय उत्पादन।

यो सामाग्री Agroforestry Daily News( कृषि तथा बन बिद्यार्थी हरुबाट खोलिएको एक उपयोगिमुलक ग्रुपले तयार गरेको हो, । जुन ग्रुपले कृषि र बन सम्बन्धि सूचनामुलक सन्देश प्रवाह गर्दै आएको छ

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏