पहिला गोरु बलियो बनाउन खुवाइँने गुर्जो ! कोरोनाको कहर पछि मान्छेले नै खोजिखोजी खान थाले!

कृषि पो्ट संवाददाता

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले कोरोना संक्रमण बढ्दै गएपछि मानिसले गुर्जोको लहराको चर्चा गरेको सुने।

जंगलमा पाइने गुर्जो खोजेर ल्याएपछि थाहा भयो कि, उनका बुवाले गोरु बलियो बनाउन खुवाउने लहरा नै गुर्जो रहेछ।

मकवानपुरको पहाडी भेगका अधिकांश जंगलमा गुर्जोको लहरा छ्याप्छ्याप्ती पाइन्छ।

कोरोना संक्रमणमा परेका व्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विभिन्न तरिकाले खुवाउन थालेपछि गुर्जोले चर्चा पाउन थालेको छ ।

तर, बाटोघाटो र खोला छेउमा डिलहरुमा अपहेलित भएर बसेको गुर्जोबारे यसअघि कुनै शोधीखोजी थिएन।

‘रोग प्रतिरोधी क्षमता अत्यधिक पाइने गुर्जो बाथरोग, हड्डीसम्बन्धी रोग, युरिक एसिडलगायतलाई काम गर्ने गज्जबको आयुर्वेदिक वनस्पति हो,’ त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन क्याम्पस हेटौँडाका उपप्रध्यापक एवं जडिबुटी विशेषज्ञ दामोदर गैरेले भने।

उनका अनुसार नेपालमा दुई थरीका गुर्जो पाइन्छन्। लहरामा काँडा भएको गुर्जो तराई भेगमा र काँडामा थोप्ला थोप्ला भएको गुर्जो पहाडी भेगतिर पाइन्छ। यीमध्ये काँडा भएको गुर्जो अझ बढी प्रभावकारी हुने भएकाले महंगोसमेत हुने उनी बताउँछन्।

जरा, पात र डाँठ औषधिको रुपमा खान मिल्ने गुर्जो चियाको रुपमा पनि खान सकिन्छ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏