कोबिड–१९ माहामारीमा पशुचिकित्साकर्मी कसरी सुरक्षित रहने

कृषि पोष्ट संवाददाता

डा.केदार कार्की

सेवानिवृत वरिष्ठ पशुचिकित्सक

विश्वव्यापी कोबिड–१९ महामारी हालसालै पत्ता लागेको आर.एन.ए.नोबेल कोरोना भाइरसको संक्रमणका कारण हुन्छ । जुन अहिले पनि तिव्र गतिमा मानिसबाट मानिसमा फैली राखेको छ। यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोमसँग मिल्दो जुल्दो र यसको जस्तै लक्षण उत्पन्न गराउछ जसका कारण यस भाइरसलाई सार्स कोरोना भाइरस–२ पनि भनिन्छ ।
मानिसमा रोगको लक्षण ः
कोविड–१९ रोगको कारण मानिसहरुमा स्वास नलीमा संक्रमण भएमा ज्वरो आउने, खोकी लाग्ने, घाटीमा खस खस हुने टाउको दुख्ने सामान्य लक्षण देखिन्छ । यसपछि रोगीलाई सास लिन गाहा्रे या तिव्र गतिमा सास चल्ने ,खोकी लाग्ने जस्ता लक्षण देखिन्छ । जुन प्राय जसो केटा केटीहरुमा बढी देखिन्छ । तर प्रौढहरुमा भने धेरै जसोमा ज्वरो आउने र सास सम्वन्धी लक्षण मात्र देखिन्छ । यदि यो स्थिती केटाकेटीमा भयो भने तीनलाई खोकी लाग्ने, आमाको दुध चुस्न तथा पेय पर्दाथ पिउन असर्मथ हुने ,शारीरिक थकाई शिथिलता तथा तीब्र स्वासको गती जस्ता लक्षणहरु देखिन्छ । रोगीको शारीरिक स्थिती अझ गम्भिर भएमा एकयुट रेस्पायरेटरी डिस्टे«स सिन्ड्रोम हुन जान्छ ।रोगीको स्थीती बिग्रेमा उसको शरीरको अन्य अंगहरु प्रभावित हुन थाल्दछ । व्यस्कहरुमा मानसीक स्थिरता भंग हुनु ,सास फेर्न गाहो्र हुनु , मुत्र बिर्सजनमा कमी ,तेज हृदय गती या न्युन रक्तचाप इत्यादि सम्मीलीत छन् । त्यसैगरी केटाकेटीहरुमा तापमान तथा स्वेत रक्तको कणिकाहरुको संख्यामा असमान्ता देखिन्छ । अत्याधिक गंभीर अवस्थाको बेला वयस्कहरु उच्च रक्तचाप बनि रहि रहनु ,तथा केटाकेटीहरुमा मानसीक भम्र तथा उच्च रक्तचापको लक्षण देखिन्छ ।

रोगबाट बचाउ :
कोवीड १९ को संक्रमणका कारण मानीसमा तीव्र गतिमा संकमण हुन्छ तर तथ्याङ्ग अनुसार मृत्यु दर भने कम हुन्छ भनिन्छ तर यसपटकको महामारीको प्रकृती हेर्दा भने ,चिकित्सा विज्ञान भने जस्तो टेस्ट बुक टेल्स लाई ृतभहत दययपक तभििक ष्भिे होला जस्तो छ । कुनै पनि व्यक्तीले यस महामारीलाइ हल्का रुपमा लिनु हुदैन निति निर्माता एवं नियमनकारी निकायले पनि अझ सेवा प्रवाही निकायको भुमीका महत्वपूर्ण हुन जान्छ । किनभने विश्वमा कोवीड १९को भइ रहेको परिक्षणमा अलाक्षणिय विरामीहरुको अनुपात धेरै संख्यामा पाइएको छ । यस्ता ब्यक्ती धेरै जसो प्रौढहरु देखिएका छन यस रोगको संक्रमणबाट बच्नका लागी फेस माक्स लगाउनुका साथै एक अर्का बाट २ मिटर टाढा , पटक पटक कम्तीमा २० सेकेन्डसम्म हातहरु सावुन पानीले धुने ,आवश्यक परेमा हातहरुमा पन्जा लगाउने भीडभाड हुने ठांउमा जानबाट बच्ने , अफवाहरु तीर ध्यान नदिने इत्यादिबाट बचाउ संभव छ ।
पशुहरुमा कोविड १९
हालाकी डिसेम्वर २०१९ को अन्तमा मानिसहरुलाई प्रभावीत गर्ने यस रोगले पशुहरु खास गरि कुकुर, बिरालो, बाघहरुलाई संक्रमित गराएको केहि प्रमाण अवश्य पाइएको छ । तर अहिले सम्म पशुहरुबाट मानिसहरुमा फैलिएको कुनै प्रमाण भेटिएको छैन । तर पशुहरुमा अन्य धेरै किसिमका कोरोना भाइरस अवश्य छन् जुन सजिलै पशुहरु तथा मानिसहरुलाई प्रभावित गर्दै आएका छन् । त्यसैले यो ध्यान दिन योग्य कुरा छ कि कोविड–१९ संक्रमित रोगीहरुले पशुहरुको संम्पर्कमा आउनबाट बच्नु पर्छ । अन्यथा यस भाइरसले पशुहरुमा प्रवेश प्रांत आनुवांशीक परिवर्तन भई गम्भीर उपभेद उत्पन्न हुने संभावनालाई नर्कान सकिन्न ।

पशु स्वाथ्यकर्मीहरुको पशु सेवा :
पशुहरुमा कोरोना भाइरसको संक्रमण एंवम् यस महामारीको बेला पशुपालकहरुलाई हुन सक्ने समस्याहरुलाई कम गर्नका लागि पशु स्वाथ्यकर्मीहरुको विशेष भुमिका रहेको छ । जुन विश्वव्यापी माहामारी कालमा पनि बेजुवान पशुहरुको सेवा गरेर पशुपालकहरुलाई पूर्ण सहयोग गर्दछन् । बेशक अहिले सम्म कुनै पनि पशु स्वाथ्यकर्मीहरुलाई यस रोगको संक्रमण भएको रिर्पोट भेटिएको त छैन तर उचित बचाउका उपाय अवलम्वनमा हेलचेक्रयाई नगर्दा नै बेस ।

पशु स्वाथ्यकर्मीहरुको पशुपालक प्रेम :
यस कठिन बेलामा पनि पशुपालकहरुको सेवाका लागि तीनको पशुधन उत्पादनहरुलाई प्रोत्साहित गरि राखेका छन् । हालाकी ग्रामीण क्षेत्रमा पशुहरुका लागि हरियो घास आहाराको दुःख परेको छैन तर दाना मिश्रणको लागि उनीहरुलाई बजारमा भरपर्नुे हुन्छ जहाँ तीनलाई सजिलैसँग कोविड–१९को संक्रमण हुने खत्रा छ र तीनको संपर्कमा आउनले पशुस्वाथ्यकर्मीलाई पनि यस रोगको चपेटामा आउन सक्ने जोखिम छ । त्यसैले पशुपालकहरुले पनि जुन बेला पनि घर बाहिर निस्कनु परेमा फेस माक्स लगाउनु पर्ने हुन्छ बजारमा किनमेल गर्दा एक अर्का बाट २ मिटर टाढा बस्ने बिभिन्न सतहहरु छुनबाट बच्ने बेला बेलामा आपmनो हातहरु साबुन पानीले धुने तथा हातहरुमा हैण्ड सेनिटाइजर लगाउदै रहने ,एक अर्काको हात मिलाएर अभिवादन गर्नुकये साटो दुई हात जोडेर प्रणाम गर्ने वा हात उठाएर अभिवादन गर्ने । यसै गरि पशुस्वाथ्यकर्मीले पनि माथी उल्लेखित कुराहरु अनुशरण गर्नुपर्ने हुन्छ । यो तथ्य छ कि “हिजो जिउदो थियौँ त्यसैले त आज छीै ,आज भए पो भोलि रहौला नत्र भोलि कस्ले देख्यो कि बाँची रहौँला” ।

पशुस्वाथ्यकर्मीहरुको कोविड–१९ माहामारी विपद प्रवन्धन :
यदयपी बेला बेलामा विभागीय प्रशिक्षणहरुको माध्यबाट पशुस्वाथ्यकर्मीहरुलाई विभिन्न प्रकारकय संक्रामक रोगहरुबाट बच्न विपद व्यवस्थापनको प्रशिक्षण दिइने गरिन्छ । तर पनि कोविड–१९ महामारीको यस बेलामा पशुचिकित्साकर्मीले आफुलाई बचाउदै पशुपालकहरुको हितमा पशु आपदा प्रवन्धनमा निम्नलिखित कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ ।
पशुचिकित्सा कर्मीहरुले संभव भएसम्म व्यक्तीगत सुरक्षा उपकरण पि .पि .ई . लगाइ मात्र पशुपंक्षिहरुको संम्पर्कमा जाने सो संभव एवम व्यवहारीक नभए कम्तीमा फेसमाक्स ,सर्जिकल पंन्जा ,डागरी वा एप्रोन ,बुट अनिवार्य लगाउने संभव भएसम्म उपयोग पछि यी सामाग्रीहरुलाई साबुन पानीले धोएर निसंक्रमीत गर्ने । पटक पटक मन तातो पानी पिउने ,आफनो पशुलाइ उपचार गराउन ल्याउन पशुपालक कृषकलाई एक एक गरी चिकित्सालय हातमा ल्याउन दिने र सो पशुको उपचार पछि मात्र अर्को पशुलाई प्रवेश गर्न दिने एउटा उपचारधिन पशु संग कम से कम मानीसहरुको भीडभाड हुन नदिने । पशपालकहरु पशुचिकित्सालय हातामा प्रवेश गरी सकेपछि तीनको हातहरुमा हैण्ड सेनिटाइजर अनिवार्य रुपमा लगाउन । पशुचिकित्सालय भित्रि हातामा नियमीत रुपमा रोगाणू बिषाणु नाशक औषधी झोल छर्किने । पशुचिकित्सालयमा हात धुनका लागी साबुन पानीको उपयोग पटक पटक गर्ने र हैण्ड सेनिटाइजरलाई आपmनो हातमा लगाउने । पशुपालकहरु आफू स्वयम तथा स्टाफहरुलाई पशुचिकित्सालयको भिताहरु एवम अन्य बस्तुहरु छुन निषेध गर्ने । पशुपालकहरुलाई कुरा गर्दा २ मिटर टाढा अनिवार्य राख्ने यदि कुनै कारणबश पशुपालकहरुसंग कुर्सीमा बसेर कुराकानी भयो भने ती कुर्सी लाइ पशुपालक किसान जाने बितिकै जिवाणुरहित निसंक्रमण अनिवार्य रुपमा गर्ने । पशुचिकित्सालयमा आएका पशुहरु छुनुभन्दा पहिले र पछि सावुन पानीले हातहरु अनिवार्य धुने तथा हातहरुमा सेनिटाइजर अवश्य लगाउने । लकडाउनका कारण किसानहरुलाई आर्थिक मन्दी जस्तो परिस्थितीको सामना गर्नु पर्ने हुन्छ । त्यासैले यस्तो बेलामा तीनको पशुहरुको उपचारमा पनि आर्थिक समस्यालाइ पनि अवश्य ध्यानमा राख्नु पर्ने ह्न्छ । यदि पशुपक्षी उपचारको लागी कृषकको घर दैलोमा जानै परे उचित सावधानि अपनाउने कोशिश अनिवार्य रुपमा गर्ने र अनावश्यक अरु मानिसहरु संग भेटघाट नगर्ने । पशुचिकित्सालयको काम सकि घर पुग्नु भन्दा पहिले घरमा फोन गरेर घर आइपुगेको सुचना दिने र घरमा प्रवेश गर्नु भन्दा पहिले आफनो सामान इत्यादिलाई बाहिर राखेर जिवाणु रहित गर्ने र नुहाउनुका लाइ बाथरुममा जानेबेला घरकये ढोकय चुकुल इत्यादि सामान न छुने तथा नुहाउनु भन्दा पहिले सावुन पानीले आफनो हातहरुलाई कम से कम २० सेकेण्ड सम्म अनिवार्य धुने नहाउन भन्दा पहिले आफना लुगाहरु एउटा बाल्टीनमा डिटरजेन्ट युक्त पानीमा राख्ने ।नुहाइ सकेपछि फेरी आफनो हात मा हैण्ड सेनेटाइजर लगाउने र केही समय पछि मात्र परिवारकय सदस्य संग भेटघाट गर्ने । रोगको संभावना भएको परिस्थीतीमा आफनो परिक्षण अवश्य गराउने ।अन्तमा यति मात्र भन्न सकिन्छ यस बिश्वब्यापी कोबिड १९ को महामारी संग युद्ध जित्नका लागी आफु पनि बच्नुस अनी अरु लाई पनि बचाउनुस ।

नडराउनु कोरोनाको वार देखि , समझनुस कोरोनाको वारलाई फेस माक्स र सावुन पानीले निष्कृय गरौ कोरोनाको प्रहारलाई ।
जय पशुधन

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏