लगातार २ हप्ता प्याजको चिया पिउँदा मिल्छ चमत्कारिक फाईदा, यसरी बनाउनुहोस् !

कृषि पो्ट संवाददाता

आयुर्वेदमा हामीले सामना गर्ने हरेक साना शारीरिक समस्याको समाधान छ। यो मात्र होईन, धेरै मानसिक रोगहरू पनि यस महान ग्रन्थमार्फत उपचार गर्न सकिन्छ, तर आजको द्रुत जीवनशैलीको कारण मानिसहरूले बिरलै प्रयोग गर्छन्। यसको दुई कारणहरू छन् – पहिलो, आयुर्वेदिक उपचार गर्न अधिक मिहेनत र समय लाग्छ र दोस्रो, यी उपचारहरूले काम गर्न बढि समय लिन्छ।

आजको समयमा वजन बढ्ने समस्या सबैभन्दा बढि मानिसले सामना गरिरहेको समस्या हो| यसको समधान गर्न मानिस थुप्रै उपचार, औषधिको प्रयोग गर्ने गर्छन् तर पनि वजन बढ्ने समस्याबाट छुटकारा पाउन सकेका छैनन्| यस्तोमा आयुर्वेदका अनुसार एक यस्तो उपाय छ जसको लागि थोरै मिहेनत त गर्नु पर्छ तर अरु उपायले भन्दा राम्रो र प्रभावकारी नतिजा दिन्छ|

यस्तोमा तपाईंलाई एउटा चियाको बारेमा बताउँछौं जसले वजन घटाउन निकै मद्दत गर्छ। यो चिया हो, तर यो तपाईले दिनहुँ पिउने चिया भन्दा बिलकुलै फरक छ। यो प्याजबाट बनेको चिया हो। प्याज जुन प्रत्येक भान्साघरमा प्रयोग गरिन्छ, हरेक व्यंजन तयार गर्न यसको प्रयोग गरिन्छ, यसलाई चियाको रूपमा प्रयोग गरेर लाभ प्राप्त गर्न सकिन्छ।

वास्तवमा, प्याजको रस धेरै लाभकारी मानिन्छ। यसको रस पिउँदा धेरै रोगहरूको उपचार हुन्छ जस्तै मधुमेह, उच्च रक्तचाप, अनिन्द्रा, इत्यादि।प्याज को रसले हाम्रो शरीरको क्यालोरी घटाउन सहयोग गर्छ। यसको लागि बनाउने विधि यसप्रकार छ – प्याज छिलेर धुनुहोस् र काट्नुहोस्। अब एक कप पानीमा काटिएको प्याज राख्नुहोस् र उमाल्नुहोस्| त्यसमा थोरै कागतीको रस र ग्रीन टी थप्नुहोस्। अन्तमा स्वाद अनुसार गुलियो राख्नुहोस्।

प्याजको चियाको लाभ

कसैलाई पनि निन्द्रा नलाग्ने बिमारी छ भने प्याजको चिया सुत्नु भन्दा अघि पिउनु निकै लाभदायक हुन्छ| दैनिक यसको सेवन गर्नाले निन्द्रा पनि राम्रोसँग आउँछ र केहि समयमै निन्द्रा नलाग्ने बिमारी पनि हट्नेछ|
यसमा भापूर मात्रामा भिटामिन सी पाईन्छ, जसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउँन मद्दत गर्छ|
यदि ज्वरो, चिसो, खोकी वा रुघा छ भने यो चिया पिउँदा राहत मिल्छ।
यदि लगातार २ हप्ता यो चियाको सेवन गर्ने हो भने यसले हाम्रो शरीरको बोसो जलाएर वजन घटाउँन मद्दत गर्छ|
यसले हाम्रो पाचन शक्ति पनि मजबूत बनाउँछ|

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏