दुहुना पशु नपधरीएमा इन्जेकशन दिने बानी नवसाल्नुश

कृषि पोष्ट संवाददाता

डा. केदार कार्की

बर्षाको वेला पशुपालनको लागि कठिन तथा धैर्य गर्नु पर्ने समय मानिन्छ । यस वेला पशुहरुलाई विभिन्न रोगले सताउने समस्याको सामना गर्नु पर्ने हुन्छ । यी रोग संग संगै पोथी पशु को जीवन कालको एक महत्वपुर्ण प्रकृया प्राय जसो यसै मौसममा देखिने गर्छ त्यो हो ब्याउने वेला शुरु हुन्छ । अनुमानन गाई भैसीहरु आफनो गर्भावश्था अबधि पुरा गरी बर्षाकालको नजिकै ब्याउन शुरु गर्दछन र दुध उत्पादन गर्ने बेला शुरु हुन्छ । केहि गाई भैसीमा ब्याए पछि दुध दुहुन गाह«ो हुने गर्दछ र यी पशु पधरीन लामो समय लगाउछन वा सजीलै कल्चौडाबाट दुध निर्खादैनन । ग्रामिण भाषामा यस लाई नपधरिनु , दुध लुकाउन पाना नछाडनु पाना चोरी गर्नु भन्न्ो गरीन्छ भने अंग्रजीमा रिटेन्सन अफ मिल्क भनीन्छ । जव किसान दुध दुहुने भाडा लीएर दुध दुहुन वस्छ पशु पधरीन आधा घण्टा देखि एक घण्टा सम्म पर्खेर समय विताउनु पर्ने स्थीती श्रृजना हुन सकछ । एउटा औषत कृषकको लागि यो समय पटयाएर लाग्दो अनि ब्यर्थमा समय खेर फालेको जस्तो लाग्न थाल्दछ । प्रभावित पशुको लागि भविक्ष्य को लैनो जीवनका लागि यो कुलक्षण मानीन्छ ।

दुधलाई आफनो कल्चौडोमा समेटेर राख्ने प्रवृति त्यस्ता गाई भैसीमा देखा पर्दछ जो कुनै मनोवैज्ञानिक कुप्रभाव बाट ग्रसित हुन सकछन । जस्तै ब्याउने वित्तिकै वा १–२ महिना पछि पाडा वाच्छा बाच्छीको मृत्यु भएको अवस्था जसले माऊ लाई मानिस द्यक्का पुग्दछ वा प्रसवको वेला वच्चा निकाल्न अपठेयारो भएमा या बच्चा जवरजस्ती तानेर निकालीएको भए । पशुको शरीरमा कयालसीयमको अल्पता भएमा दुध नपगरीने समस्या विस्तारै देखिने सकछ । यस्तो परिस्थीमा अधिकांश पशुपालक हरुले दुध पगारने इन्जेकसनकने प्रयोग बिना यस्को दुरगामी प्रभाव जानीकन अन्द्याद्युन्द्य प्रयोग गर्न थाल्दछन जस्ले पशुको आगामी वेतमा दुध उत्पादन मा गंभिर असर पार्न सकछ ।

विचारणीय कुरा यो छ कि यी इन्जेकसन मलस्यावि उत्पादन हाम्रोनल प्रिपेरेशन हुने गर्दछन र यसको सिधा र त्वरीत प्रभाव शरीर विज्ञानको प्राकृतिक कृयामा पर्दछ । क्षणभरमा नै यी इन्जेक्शन को जादु दृष्टीगोचर भलै हुन थाल्दछ । त्यसैले पशुपालक ले कहिले पनी आफनो दुधालु पशुलाई दुध पर्गाृने इन्जेकशन लगाउनु पर्ने बानी वसाल्नु हुदैन । यस्को प्रभाव दुध उत्पादन मा पर्दछ ।

बरु यस्को साटो नपगरीने वा ढिलो वा गरी पगरीने दुहुना गाई भैसीलाई घरेलु विधि वाट गर्न सकिन्छ जुन किफायती प्रभावसाली तथा कुनै कुप्रभाव रहित हुने गर्दछ । यस्को लागि दुहुना भन्दा आधा घण्टा पहिले प्रभावित पशुलाई रोटिमा खाने तेल संगै १० ग्राम हिंग मिसाएर खुवाउनु पर्दछ । हिंग को तीक्ष्ण गन्द्य तथा स्वादले पशुलाई मानसिक तनाववाट मुक्त गरी उसको ध्यान विचलीत गराउछ जस्ले गर्दा कल्चौडो को संकुचित दुध प्रवाहि नशा फैलिएर जान्छ यदि गाइ भैसिको बच्चा मरे छ भने छिमेकको घरवाट अर्को पाडा । वाच्छा वाच्छी प्रभावीत पशु संग दुध चुसाउने गर्न सकिन्छ यदयपी शुरुका दिनमा यो असंभव लाग्न सकद्ध तर विस्तारै पशुले दुध चुस्न दिने गर्दछ र दुध दुहुन सजीलो हुन सकछ । प्रयोग को प्रारम्भिक दिनमा प्रभावित पशको आंखालई कुनै लुगाले छोपि नौलो पाडा वाच्छा लाई देख्न नदिने तथा नाकमा घासलेट पाउडर दलि दिने जस्ले जनावरको सुंघने शक्ति कम भएर जान्छ जस्ले गर्दा प्रभावित पशुले आफनो र अर्को पशुको वच्चा छुटयाउन नसकोस । पशु चिकित्सक को सल्लहामा क्लोरप्रोमेजीन को चककी दुहुन भन्दा १ घण्टा पहिले खुवाउन सकिन्छ । यी चककीले पशुलाई मानसिक तनाव वाट मुक्त गर्ने ।

यदि पशुको शरीरमा क्यालशिमको अल्पता भएमा रगतको नशा वाट या दाना पानीमा राखेर खान दिदा पनी समस्या समाद्यान गर्न सहयोगि हुने गर्दछ । गैलोग पाउडर खान दिदा पनी पशु वेलैमा पगरीने गर्दछ । यस्तो समस्या देखिदा केहि किसान पशुको ढाडमा बेस्सरी हिर्काउने पशुको पुच्छरको रौं मलद्वार मा छिराउने गर्दछन यी कृया अमानविय हुनुका साथै पशुका लागि हानिकारक पनी ।
त्यसैले पशुहरु नपगरीने समस्या कुनै पशु रोग ब्याधी संग सवन्धीत नभई यो नीतान्त ब्यवश्थापकिय त्रुटीका कारण हुने हुदा पशुहरुको सानै उमेर देखि गर्भद्यारण , गर्भा अवस्था मा पशुलाई आवश्यक पोषण , आवाश तथा शारीरीक ब्यायम अभ्यास गराउने तथा ब्याउने वेला देखा पर्ने समस्या दक्ष पशु चिकित्सक वाट वेलैमा समाधान गरीने हो भने दुध नपगरीने समस्या न्युनिकरण गर्न सकिन्छ नै साथै पशुको उत्पादकत्व स्थीर राख्न सकिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏