यस्तो छ आज तरकारीको मूल्य, हेर्नुहोस्

कृषि पोष्ट संवाददाता

काठमाडौं, १५ वैशाख ।

मंगलबार नेपाली बजारमा केही तरकारीको मूल्य घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज प्याजको थोक मूल्य भने किलोको ३५ देखि ३८ रुपैया रहेको छ । त्यसैगरी आलु किलोको २५ देखि ३० रुपैया छ ।

त्यस्तै आज गोलभेडाको मूल्य किलोको २० देखि २५ रुपैया , फर्सी किलोको ३५ देखि ४०, भिण्डी किलोको ६० देखि ७०, लौका किलोको २५ देखि ३५, बरेला किलोको ७० देखि ८० र घिरौला ५० देखि ६० रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै मुला किलोको ५० देखि ६०, भेण्टा किलोको ३५ देखि ४०, गाजर किलोको ६० देखि ७०, स्कुस किलोको ४० देखि ५० रुपैया र काउली किलोको ७० देखि ८०, घिउ सिमि किलोको ९० देखि १००, रुपयामा किनबेच भइरहेको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏