बेमौसमी गोलभेडा खेती कहिले गर्ने त ?

कृषि पोष्ट संवाददाता

चैत्र देखी मध्य मंसिर सम्म गरिने गोल्भेडा खेती लाई बेमौसमी गोल्भाडा खेती भनिन्छ। तराइ, बेसी ,खोच ,पहाड तथा टार मा समेत यस्को खेती सफलता पूर्वक गर्न सकिन्छ।
तराइ को हक मा भने यस्को अबधी भने ज्यादै छोटो हुन्छ।
नेपाल मा पाइने गोल्भेडा का जात हरु :- क. उन्नत जात हरु :-(खुल्ला सेन्चित ) १,लप्सी गेडे २,भन्टा ठिमाहा ३,ग्रेस्को ४,सी यल ५,बि यल ६,बारी ७,एच आर डि ८,सिङापुरे ९,मन प्रकाश

आदी जात का स्थानिय तथा उन्नत जात का गोल्भेडा हरुको नेपाल मा खेती सफलता पूर्वक गरिदै आइएको छ ।

ख. हाइब्रिड:-(बर्ण शंकर )
१,अमिता २,मनिषा ३,थिम १६ ४,महिमा ५,सिर्जना ६,एन १६२ ७,कबिता ८,धन ९,लक्ष्मी १०,लडाकु ११,राजा १२,रमैया १३,त्रिसुल १४,नुतन १५,युरेका १६,नोवा १७,सेन्स जस्ता बर्णशंकर(हाइब्रिड)जात का गोल्भेडा को खेती पनि नेपाल मा सहज् गर्न सकिन्छ । खुल्ला सेन्चित जात मा भन्दा बर्णशंकर जात को खेती गर्दा उत्पादन डबल लिन सकिन्छ र बजार भाउ पनि बर्णशंकर जात को बढी नै हुने गर्दछ । कुन कुन मौसम मा कुन कुन जात को खेती गर्ने त :- १,बर्से मौसम :-गौरव ,सुरक्षा ,सिर्जाना ,लक्ष्मी, नोवा, युरेका ,ग्रेस्को ,एन १६२, को यस मौसम मा सफलता पूर्वक खेती गर्न सकिन्छ । २,सरद मौसम :-लप्सी गेडे ,सिर्जना ,धन, लक्ष्मी ,ईन्द्र, अमर, कबिता ,अंिता ,गौरव, थिम १६ आदिको सफलता पूर्वक गर्न सकिन्छ । ३, हिउदे मौसम :- अभिनास,मनिषा ,रक्षिता ,त्रिसुल, मनिषा ,भन्टा ठिमाहा ,लप्सी गेडे ,युमी ,आदी को गर्न सकिन्छ । ४, बसन्ते मौसम:- लप्सी गेडे ,भन्टा ठिमाहा ,ग्रेस्को ,राजा ,मनिषा, रमैया ,आदी को गर्न सकिन्छ । बिशेष साब्धानी पूर्वक प्लस्टिक घर मा खेती गर्ने हो भने सबै मौसम मा आफुलाई लागेको उत्तम जात को गोल्भेडा खेती राम्रै सँग गरी मनग्य आम्दानी लिन सकिन्छ ।

गोल्भेडा उत्पादन को क्षेत्र :-
तराइ को ६० मिटर उचाइ देखी उच्च पहाड को २००० मिटर को उचाइ सम्म गोल्भेडा खेती गर्न सकिन्छ ।बेमौसमी उत्पादन का लागि बेर्ना रोप्ने समय :-१,तराइ र भित्री तराइ (६० मिटर देखी ४०० मिटर सम्म)=मध्य भाद्र र माघ २,तल्लो पहाड (४०१ मिटर देखी ६०० मिटर सम्म)=स्राबण र फाल्गुन ३,मध्य पहाड (६०१ मिटर देखी १५०० मिटर सम्म)असार देखी स्राबण सम्म अनी फाल्गुन देखी बैशाख सम्म ४,उच्च पहाड (१५०१ डेखी २००० मिटर् सम्म) चैत्र देखी असार सम्मनर्सरी अर्थात बिउ छर्ने समय :- स्थान र मौसम अनुसार जाडो याम मा बेर्ना रोप्नु भन्दा ३० दिन अगाडि र अरु मौसम मा १८ दिन अगाडि ब्याड् मा बिउ छर्नु पर्दछ। बिउ दर :- प्रती रोपनी ५ ग्राम देखी ७ ग्राम सम्म अथवा प्रती कट्ठा ३.२५ ग्राम देखी ४.५५ ग्राम सम्मबिउ को आबश्यक्ता पर्दछ। रोप्ने बेला मा बेर्ना कस्तो हुनुपर्दछ :- बेर्ना माथि उल्लेखित भय अनुसार १८ देखी ३० दिन भित्र को सोस्थ र होचो अनी ३ देखी ४ वटा सम्म मात्र पात भयको हुनुपर्दछ।

खेती :-
२ देखी ३ पटक खन जोत गरी राम्रोसँग जमिन को तयारी गर्ने (बर्षात को समय भयमा २ देखी २.५ से मि अग्लो ड्याङ बनाउने )र ६० देखी ६० से मि को दुरी मा खाडल बनाउने। प्रतेक खाडल मा बेर्ना रोप्नु एक हप्ता पूर्व राम्ररी पाकेको गोबर मल ४ किलो का दर ले अथवा फुल् पार्ने कुखुरा को सुली ५०० ग्राम का दर् ले ,ग्रिन गोल्ड मल पर्ती बोट ५० ग्राम का दर ले ,गेडा मल प्रती बोट १५ ग्राम ,बोन मिल र पिना ५०/५०ग्राम का दर ले, पोटास प्रती बोट १० ग्राम का दर ले , बायो जाम ,जिन्क र बोरेक्स प्रती रोपनी १/१ किलो का दर ले माटो मा राम्रो सँग मिलाउनु पर्दछ। बेर्ना उखल्ने :-
बेर्ना उखल्दा हमेसा १८ देखी ३० दिन को भय पछी उखल्नु ३ दिन पहिला बाट पानी नदिइकन राख्ने र उखल्नु २ घण्टा पूर्व मज्जाले भिज्ने गरी पानी दिने गर्नुपर्दछ। बेर्ना उखल्दा हमेसा २ बजे पछी मात्र उखल्नु पर्दछ। बेर्ना रोप्ने :-
बेर्ना रोप्दा ब्याड् मा जती भाग माटो मुनी थियो तेतिनै पुरिनेगरी रोप्नुपर्दछ साथै बेर्ना रोप्ने बित्तिकै ओरिपरी पराल वा सुकेको घास ले छापो दिनुपर्दछ। छापो दियपछी बोट को ओरिपरी जरा मा मात्र पर्ने गरी हजारी को सहायता ले पानी दिनु पर्दछ। बिरुवा को कान्ड र पात मा पानी पार्नु राम्रो हुँदैन। पुन मल्खाद (टप ड्रेसिङ ):-
बेर्ना रोपेको २० देखी २५ दिन भित्र थाक्रा दिनु पूर्व प्रती बोट गेडा मल १५ ग्राम ,पोटास मल ५ ग्राम ,युरिया मल १५ ग्राम ,बोरेक्स ,जिन्क र बायोजाम १/१ ग्राम का दर ले दिनु पर्दछ। थाक्रा दिने :-
प्रती बोट बास को भाटा ६ देखी ७ फुट अग्लो १/१ वटा दिनुपर्दछ वा पर्तेक ड्याङ् २/2 वटा किला ठोक्ने र ४/४ वटा साटा बाध्नु पर्दछ । बिरुवा हुर्कदै जादा डोरी ले बोट र भाटा या साटा लाई बाध्दै जानु पर्दछ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏