भेडे खुर्सानी खेती गर्ने कृषकले जान्नैपर्ने यी हुन् १५ ओटा जानकारी

कृषि पो्ट संवाददाता

पछिल्लो समय भेडे खुर्सानीको खेती गर्ने व्यवसायीहरु पनि धेरै छन् । यसको व्यवसायिक खेती गर्न जाने छोटो समयमे राम्रो आम्दानी लिन सकिन्छ । सहज सरल र सबैले मनपराउने तरकारी खेती भेँडे खुर्सानी पनि एक हो ।

आफ्नो उद्धेश्य, भौगोलिक अवस्था समय र लगानी बुझेर खेती गर्दा राम्रो आम्दानी गर्न सकिन्छ । बजार राम्रो भएकोले समस्या छैन ।
भेडे खुर्सानी खेती गर्न चाहने व्यवसायीले पहिले कुन भुगोलमा गर्दैछु भन्ने बुझ्नुपर्दछ ।

समथर मैदान वा पाहाडी इलाका । कतिको चिस्यान हुने क्षेत्र हो ? ६० देखि १५०० मिटर उचाइ र २० देखि ३० डिग्री सेल्सियस तापक्रम भएको क्षेत्र उप्युक्त हुन्छ ।

(१) यो भन्दा धेरै तापक्रममा रोप्दा बोट मात्रै बद्छ र फुल्दै गरेका फुलहरु मर्छन् ।

(२) भेडे खुर्सानीको लागि प्रशस्त प्राङ्गरिक मल भएको दुमट आवश्यक हुन्छ । कालो, बुर बुराउँदो माटो राम्रो हुन्छ । बलौटे माटोमा सिँचाइको व्यबस्था मिलाएर र धेरै कम्पोस्ट मल प्रयोग गरेर गर्न सकिन्छ ।

(३) भेँडे खुर्सानीको वीउ १ हेक्टरको लागि २ केजी वा १ रोपनीको लागि २५ ग्राम चाहिन्छ वीउ लगाउँदा लाइन –लाइन ६० सेमी र बोट– बोटबीच ४५ सेमीको दुरिमा लगाउनु पर्छ ।

(४) भेडे खुर्सानीको बेर्ना पहाडमा माघ –असार भित्र सारिन्छ भने, तराइमा अशोज– कर्तिकसम्म । यस्को उत्पादन पहाडमा र तराइमा जेठदेखि फागुनमा हुन्छ ।

(५) भेडे खुर्सानीको सिफरीस गरिएका जातहरुमा क्यलिफोर्निया वन्डर चर्चित छ । यो वीउको बेर्ना सारेको ४०–४५ दिनमा फूल फुल्छ र त्यसको २०–२५ दिनमा फल टिप्न लायक हुन्छ ।

(६) भेडे खुर्सानीको लागि आवश्यक रासयनिक मलखादमा प्रति रोपनी गोबर मल १५०० केजी, युरिया ५ केजी, डिएपि १० केजी, पोटास ५ केजी, बोरेक्स ०.१ केजी, जाइम १ केजी राख्नुपर्दछ ।

(७)भेडे खुर्सानीको लागि आवश्यक ओर्गानिक मलखादमा प्रति रोपनी जैबिक (कम्प्लेक्स) २.५ केजी, गोबर मल १५०० केजी, निम केक २ केजी ।

(८) बिरुवा हुर्किसकेपछि मल हाल्ने काम अथवा रासयनिक टप ड्रेस्सिङ गर्दा पहिलो २० दिनपछि र पछि हरेक २ पटक बाली लिएपछि युरिया र डिएपी प्रति रोपनी २–३ केजी दिने ।

(९) बिरुवा हुर्किसकेपछि मल हाल्ने काम अथवा ओर्गानिक टप ड्रेस्सिङ गर्दा जैबिक (कम्प्लेक्स) १.२५ केजी प्रतिरोपनी जग्गामा बेर्ना रोपेको २ महिनापछि र अर्को १.२५ केजी प्रतिरोपनी बिरुवा सारेको ३ महिना पछि दिने ।

१०) थोपा सिचाइ प्रबिधीबाट सिँचाइ गर्दा ड्रिप प्वाल बिरुवा को फेददेखि २देखि ३ सेमीको दुरीमा राख्नुपर्दछ ।

(११) भेडेखुर्सानीमा लाग्ने प्रमुख रोगहरुमा बेर्नाको फेद कुहिने, एन्थ्रक्नोज, पात ठिङ्रिने आदि हुन् । फेद कुहिने रोग गर्दा बेर्ना सार्ने बेलामा जरानिरको भाग कुहिन्छ र ढल्छ । यो रोग लग्न नदिन सुरुमै माटो र वीउ ऊपचार गर्नुपर्छ।

(१२) एन्थ्रक्नोज रोगले गर्दा भेडेँखुर्सानी बिरुवाको मुन्टामा कालो दाग देखिन्छ । यसको नियन्त्रण डायथेन एम ४५ वा इन्डोफेल एम ४५ नामको बिषादी ३ ग्राम प्रतिलिटर पानीमा मिसाइ छर्ने ।

(१३) पात ठिङ्रिने रोगको रोकथामको लागि रोगी बोट उखेलेर फाल्ने। फल बोटबाट झर्ने समस्या देखिएमा यसबाट बचाउन ४ मिली कलानोफिक्स प्रतिलिटर पानीमा मिसाइ रोपेको ६० देखि ८० दिनमा छिट्ने ।

(१४) भेडेखुर्सानीका किराहरुमा थ्रिम्प्स गोबारो लाही र सुल्सुलेको मुख्य हुन् । थ्रिम्प्स किराले पात कोतरेर खान्छ, गोबारोले डाँठ प्वाल पर्छ र लाहीले कलिलो भागमा बसेर बिरुवाको रस चुस्छ ।

(१५) यी किराहरुको नियन्त्रणको लागि प्रतिलिटर पानीमा नुभान २ मिली वा रोगर २ मिली वा सर्भो तेल १० मिली मिसाएर छरे हुन्छ । फल टिप्ने बेला भैसकेको भए कुनै हालतमा पनि बिषादी छर्नु हुँदैन ।

(१६) भेडेखुर्सानी प्रतिरोपनी ८०० देखि १००० केजीसम्म उत्पादन गर्न सकिन्छ । ठुला खाले रेस्टुरेन्ट तथा तारे होटेलहरुमा यसको खपत हुनेहुँदा यसको बजार सदाबहार छ ।

– एग्री आर्ट न्युज नेपाल

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏