प्याजलाई एउटा प्रमुख मसला बालीको रुपमा चिनिन्छ । प्रायः गरेर कृषकहरूले बैशाख महिनामा प्याजखन्ने भएकाले त्यतिबेला बजारमा प्याज प्रशस्त मात्रामा पाइन्छ । त्यसैले बजारमा प्याजको मूल्य घट्न जान्छ र कृषहरूले उचित मूल्य पाउदैनन । तर त्यस समय भन्दा अघि र पछि बजारमा प्याजको मूल्य प्राय उच्च हुने गर्दछ । बजारको माग पूरा गर्नका लागि बाहिरबाट प्याज आयत् हुने गर्दछ । त्यसैले कृषकहरूले प्याज खेतीबाट बढी फाइदा लिनका लागि वेमौसमी प्याज लगाउनुनै एउटा उत्तम उपाय हो । प्याज खेतीको लागि २० देखि ४० डिग्री सेन्टीग्रेडसम्मको तापक्रममा उपयुक्त मानिन्छ । दिनमा ३० डिग्रीसेन्टीग्रेड र रातमा २० डिग्री देदि सेन्टी ग्रेड औषत तापक्रममा प्याजको बिरुवाको वृद्धि तथा विकास राम्रो हुन्छ । बाली पाक्ने समयमा उज्यालो घाम र कम तापक्रम भएको दानाम कार्वो हाइड्रेडको मात्र विकास हुन सहयोग पु¥याउँदछ ।
हावापानी र माटो :
बीउ उत्पादनको लागि २०–२५ डिग्री सेन्टिग्रेड तापक्रमको आवश्यकता पर्दछ । भने बिरुवा उत्पादनको लागि १३-२१ डिग्री सेन्टिग्रेड तापक्रम आवश्यकता पदृछ । प्याजको गानो को राम्रो विकासको लागि बढी तापक्रम र लामो दिनको आवश्यकता पर्दछ । तर बिरुवाको राम्रो वृद्धि विकासको लागि भने छोाटो दिनको आवश्यकता पदृछ । प्याजको राम्रो वृद्धि विकास र अन्त्यमा बढी आम्दाी लिनको लागि बलौटे दोमट र हलुका किसिमको माटो उत्तम मानिन्छ ।
बीउ र बेर्ना रोप्ने :
एक रोपनी जग्गामा प्याजको खेती गर्नको लागि ४००–५०० ग्राम बीउको आवश्यकता पर्दछ भने प्रति कठ्ठा २६७–३३४ ग्रमा बीउको आवश्यकता पर्दछ । बेर्ना चाहीँ प्रति रोपनी ३३ हजार र प्रति कठ्ठा २२ हजार जति चाहिन् छ। सारिएको प्याजको बेर्नाबाट वास्पिकरण रोग्कनका लागि बेर्ना सार्नु भन्दा अगाडि पातको माथिल्लो १/३ भाग काटेर रोप्नु राम्रो मानिन्छ ।
गोडमेल, सिँचाई तथा पानीको निकास :
प्याजलाई झारपातले धेरै दुःख दिने भएकाले ५–६ फटक सम्म झारपात हटाई गोडमेल गर्नु पर्दछ । प्याजलाई प्रशस्त चिस्यान चाहिने हुनाले माटोको चिस्यानको अवस्था हेरी ६–७ पटकसम्म सिँचाई दिनु पर्दछ र प्याज लगाएको बारीमा पानीको निकासको प्रबन्ध गर्नु पर्दछ ।
प्याजको बोट मर्काउने :
चाँडै गानो तयार पार्न पात पहेलिन थालेपछि हात खुट्टाले वा ड्रमको सहयताले प्याज उखेल्नु भन्दा २०–२५ दिन अघि फेद भाँची बोटलाई मर्काउनु पर्दछ । पहेलिएको प्याज भने आफै हल्का ढल्दछ ।
प्याज खन्ने :
प्याजका ५० प्रतिशत पातहरू हल्का पहेँलो रंगमा परिवर्तन भएपश्चात मात्र प्याज खन्न तयार भएको मान्नु पर्दछ । प्याज खन्नु भन्दा ३ हप्ता अगाडि सिँचाई दिनु बन्द गर्नु पर्दछ । प्याजलाई खनी सके पनि छहारीमा जुटको बोराले पातहरू हल्का पहेँलो रङ्गमा परिणत नहुञ्जेल राख्नु पर्दछ । त्यसपछि प्याजको गानो भन्दा आधा ईन्च माथिको पातहरू काटेर हटाई छहारीमा पातहरू सुकेर छ्याई छ्याई बज्ने नहुञ्जेल सम्म राख्नु पर्दछ ।
प्याज सुकाउने :
प्याज खन्ने बित्तिकै केही दिनसम्म हावादार, छायाँदार तथा सुख्खा स्थानमा सुकाइन्छ । जसलाई क्युरिङ्ग भनिन्छ । क्युरिङ्ग गर्नाले प्याजमा यसको अत्याधिक चिस्यान घट्न गई घाटी खदिलो, सानो तथा बाहिरको बोक्रा सुख्खा तथा पातलो भई प्याजको क्युरिङ्ग पूरा हुन्छ । क्युरिङ्ग गरेको प्याजलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।