आलु खेति गर्नेे तरिका

कृषि पोष्ट संवाददाता

दक्षिण अमेरिका पेरु तथा बोलिभियाको सिमाक्षेत्र Andes पहाडी क्षेत्रमा उत्पति भएको मानिने आलु नेपालमा भने अठाह्रौ शताब्दीको लगभग अन्तिम समयदेखि खेति सुरु भएको मानिन्छ । आलु solanaceae परिवार अन्तर्गत पर्दछ । उच्च पहाडि भागमा खाघान्नबालीको रुपमा र तराई तथा मध्य पहाडी क्षेत्रमा तरकारी वालीको रुपमा प्रयोग गरिन्छ ।

हावापानी :
आलु हिउदेवाली भएको हुनाले चिसो तथा मध्यम सापेक्षिक आर्दता भएको हावापानीमा खेतिगर्न उपयुक्त हुन्छ । यसलाई नेपालको समतल भूमि १०० मिटर देखि उच्च पहाडि भाग ४४०० मिटर सम्म खेतिगर्न सकिने भएकाले भिन्न भिन्न क्षेत्रमा भिन्न भिन्न समयमा लगाइने गरिन्छ । तराई तथा भित्रि मघेशमा असोज-कर्तिकमा लगाउने गरिन्छ भने मध्य पहाडमा माघ-फाल्गुनमा,उच्च पहडमा फाल्गुन -चैत्रमा र हिमाली क्षेत्रमा बैशाख -जेठमा लगनउने गरिन्छ ।आलु जमिनमुनि फल्ने भएकाले अत्याधिक वर्षा सहन सक्दैन । आलु उम्रन, विकस हुन र दाना लाग्न भिन्न भिन्न तापक्रमको आवश्यक्ता पर्दछ । आलु उर्मन माटोको तापक्रम कम्तिमा ८ डि.से. चाहिन्छ । बोटको बिकासको लागि ३० डि.से.देखि ३५ डि.से. उपयुक्त हुन्छ । आलुको दाना लाग्न र विकास हुन रातिको तापक्रम १५ डि.से. देखि २२ डि.से. उपयुक्त हुन्छ ।

जग्गाको छनोट :
समथर जमिन यदि भिरालो छ भने ग्रहाहरु बनाउने, पानीको राम्रो निकास हुने र व्यवसायिक खेति गर्नको लागि सकभर बाटोबाट नजिकको जग्गा छनौट गर्नेपर्छ ।आलुखेति बलौटे माटो देखि साह्रो चिम्टाइलो माटोमा गर्न सकिने भएतापनि राम्रो उत्पादनका लागि प्रशस्त प्रांगरिक पर्दाथयुक्त बलौटे दोमट माटो राम्रो हुन्छ। यस्तो माटोमा पानिको राम्रो निकास हुन्छ, बोट छिटो उम्रिन्छ, जराको विकाश राम्रो हुन्छ । साह्रोपना र लेसिलो माटोले पानी लामो समयसम्म समाएर राख्छ जस्का कारण बोट ढिला उम्रिन्छ, जराको विकाशमा अवरोध पुग्छ र बोट ख्याउटे हुन्छ । आलुखेतिको लागी ६ देखि ७५ पि. एच. उपयुक्त मानिन्छ । आलुखेति गर्दा वाली चक्र अपनाउन जरुरी छ किनभने एउटै जमिनमा लगातार आलुवाली र खालुका परिवारका अन्य वाली जस्तै गोलभेडा , भेण्टा, खुर्सानी आदि लगाउदा रोग, किरा र झारपातले बढि दु ख दिन्छ । त्यसैले धान तथा कोशेवाली वाली चक्रको रुपमा प्रयोग गर्नु पर्दछ ।

बिउ आलुको छनौट :
स्वस्थ, चोट नलागेको, नकुहिएको तथा छोटो, मोटो र जातअनुसारको रङ्गीन टुसाहरु भएको हुनुपर्छ ।जात छनौट गर्दा स्थानिय जातको तुलनामा बढी उत्पादन दिने, रोग अवरोधक तथा सहन सक्ने, छिटै तयार हुने, असिना सहन गर्न, राम्रो भण्डारण क्षमता भएका जातहरु प्राथमिक्ता दिनुपर्छ ।
उच्च तथा मध्य पहाडि क्षेत्रमा कुफ्री ज्योति, खुमल सेतो १, खुमल लक्ष्मी आदि जातहरु लगाइने गरिन्छ भने तराइमा कुफ्री सिन्दुरी, खुमल सेतो १, खुमल रातो २ आदि लगाइने गरिन्छ ।
साथै बिउ आलु सकेसम्म भरपर्दाे श्रोतबाट खरिद गर्नु पर्छ ।

बिउ आलुमा २ देखि ५ वटा टुसा भएको हुनुपर्छ । नटुसिएको बिउ आलु लगाउदा बिउ उम्रिन सक्दैन र बाली एकनासको नभइ ठाँउ ठाँउमा खाली हुन्छ ।

बिउ आलुको टुसा उर्माने तरिका यस प्रकारको छ रोप्नुभन्दा पहिले ३ देखि ६ हप्तासम्म न्यानो (१५ डि. से. -२० डि. से.) तापक्रम,हावा लाग्ने, घामको प्रकास सिदै नपर्ने तर उज्यालो ठाउँ जस्तै कोठा, बरण्डा वा छानामुनि १ देखि २ तहसम्म मिलाएर राख्नुपर्दछ। अध्यारो ठाँउमा राखेको आलुको बिउबाट सेतो, कमजोर टुसाहरु निस्कने गर्दछन् । धेरै जाडो भएको ठाँउमा आलुको दानालाइ तुसारोबाट बचाउनु पर्दछ ।

जमिनको तयारी :
आलु जमिन मुनि फल्ने, बढ्ने कमजोर जरा प्रणली भएको बाली हो । यसको जरा २५ देखि ३० से.मि.सम्म फैलने हुनाले खुकुलो माटो हुन जरुरी छ । त्यसकारण जमिनलाइ ३-४ पटक राम्ररी गहिरो गरि जोतेर डल्ला फुटाइ , झारपात हटाइ माटो बुरबुराउँदो र खुकुलो पारी जमिनलाइ पानी नजम्नेगरी सम्याउनुपर्दछ ।
यसरी खनजोत गर्दा रोपिएको बीउ आलु सुक्न र कुहिन नपाई आलुको उमार छिटो र एकनासको हुन्छ । जराहरु छिटो र सजिलोसँग फैलन्छ , बोट सप्रन्छ र दानाहरुको विकाश हुन्छ ।

वीउको मात्रा :
वीउ आलुको मात्रा बीउको साइ्ज र रोप्ने दुरि अनुसार ७५ देखि १०० किलो प्रति रोपनीका दरले रोपिने गरिन्छ । साधारणतय २ देखिमा ४ टुसा भएको २५ देखि ३० ग्राम तौल भएको लगाउने गरिन्छ ।

कतिपय ठाँउमा बीउ आलु ठूलो भए काटेर लगाउने चलन छ । यो तरिका खासै राम्रो तरिका होइन, माटोको चिस्यान कम भय बीउ आलु छिटै मर्ने र बढी भए कुहिनि हुन्छ तर काट्नुपर्यो भने आलुकाट्ने औजारलाई मटितेलमा भिजाइएको टालोमा प्रत्यक चोटि आलुकाट्दा उपचार गर्नु पर्दछ । यसो गर्दा एउटा आलुमा भएको रोग अर्को आलुमा सर्दैन ।काटेको आलु रोप्नुभन्दा अगाडी १ L पानीमा २ g carbendazin राखी बनाईएको झोलमा एकछिन डुबाउने र छायामा ओभाएपछि रोप्नु पर्दछ ।

रोप्ने दुरि :
एक ड्याङ्गदेखि अर्काे ड्याङ्गको दुरि ६०-७० से. मि.
एक बोटबाट अर्को बोटको दुरि २०-२५ से.मि.

राप्ने तरिका :
आलु राप्दा बीउको गुणस्तर, माटोको तापक्रम, माटोको चिस्यान आदिमा ध्यान पुर्याउनु पर्छ । माटोको चिस्यान र तापक्रम कम भय बढी गहिराइमा राप्नु पर्छ र बढी भए कम गहिराइमा लगाउनु पर्छ ।

सिचाइको राम्रो ब्यवस्था भएको क्षेत्र तराइ तथा पहाडमा जमिन सम्याएपछि ३ से मि गहिराइको कुलेसोमा मलखाद राखेर बीउ आलु लगाउनुपर्छ । त्यसपछि ६ देखि ८से. मि. अग्लो ड्याङ्ग बनाउनुपर्छ । लेकाली क्षेत्र जहाँ आलु उम्रिने बखतमा माटो सुख्खा हुन्छ र सिचाइ गरिदैन त्यस ठाँउमा १० देखि १५ से. मि. गहिरो प्वालमा मलखाद गरि बीउआलु लगाइ माटोले सम्म पारि छोप्नु पर्छ । यसो गर्दा आलु उर्मनभन्दा पहिले बीउमा तुषारोले असर पुर्याउदैन । माटो कम चलायमान हुन्छ र माटोको चिस्यान उड्न पाउदैन ।यदि चिम्टाइलो माटो, बढी चिस्यान भएको वा पानी जम्न सक्ने संभावना भएका ठाउँ छ भने जमिन सम्याई सकेपछि कुलेसोमा मलको सोतो हालिन्छ र चिस्यानको अवस्था हेरि १६ देखि २० से मि अग्लो ड्याङ्ग र एक पटक डल्लेठो चलाई कुटोले ८से.मि. गहिरो खनि उचित दुरिमा लगाउन सकिन्छ ।

मलखादको प्रयोग :
कम्पोष्ट मल ४०-५० डोका प्रति रोपनी, युरिया ६ किलो प्रति रोपनी, डि एप ई १० किलो प्रति रोपनी र पोटास ५ किलो प्रति रोपनीको दरले प्रयोग गर्नुपर्छ । डि एप ई, पोटास पुरै तथा युरिया आधा आलु रोप्नु अघिनै जमिनमा राख्नु पर्छ बाकि युरिया पहिलो सिचाइ गरी गोडमेल गर्दा र दास्रो सिचाई , उकेरा दिने बेला दिनुपर्छ यसलाई प्रयोग गर्दा गहिरो कुलेसो बनाई पहिले रासायनिक मलको मिश्रण त्यसपछि गोठे वा कम्पोष्ट मल र त्यसमाथि बिउ राप्नुपर्छ जस्ले गर्दा बीउ रासायनिक मलसँग प्रत्यक्ष सम्पर्कमा आउदैन ।

सिचाइ :
आलुलाई उम्रने, त्यान्द्रा फाल्ने तथा दाना लाग्ने र दाना विकास हुने अवस्थामा प्रयाप्त मात्रामा चिस्यान चाहिन्छ । आलुले दुबै खडेरी तथा पानी जमेको सक्दैन तसर्थ ड्याङ्गको आधा वा दुई तिहाइ भाग मात्र भिज्ने गरी सिचाई गर्नुपर्छ ।

गोडमेल तथा उकेरा :
साधारणतय आलुलाई १-२ पटक गोडमेल र उकेरा दिए पुग्छ । उकेरा दिदा घामको किरणले आलुको दानालाई असर पुर्याउन पाउदैन अनि आलुका दाना हरियो हुन बाट बच्छ ।
आलु खन्ने तथा बाली भित्रयाउने
आलु बालीको जात अनुसार रोपेको ९०देखि १२० दिन भित्र तयार हुन्छ। आलुको पातहरु पहेलिन थालेपछि वा दानाहरुको बोक्रा राम्रोसँग छिप्पिएपछि मात्र आलु खन्नुपर्छ । तराई तथा भित्रि मधेशमा माघ-फाल्गुन, मध्य पहाडमा शरद वालीको लागि मङ्गसिर-पुष र बसन्ते वालीको लागि जेठ-अषाढ र उच्च पहाडमा साउन-भदौमा खन्ने गरिन्छ।

भण्डारण :
बढी तापक्रम भएको ठाँउमा आलु भण्डारण गर्दा चाडै उम्रने र बिग्रने हुन्छ । त्यसकारण तौल र गुणस्तर नघटोस् भनी आलुलाई खनिसकेपछि कम तापक्रम भएको, घामको प्रकाश सिदै नपर्ने तर प्रसस्त मात्रामा हावा खेल्ने ठाँउमा भण्डारण गर्नुपर्छ । लामो समयसम्म भण्डारण गर्न नसक्ने भएकाले कोल्ड स्टोरमा राख्नुपर्छ र उचित मुल्य पाएपछि बेच्न सकिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏