के घास विक्री गरेर वार्षिक एक करोड आम्दानी गर्न सकीन्छ ?

कृषि पोष्ट संवाददाता

काठमाडौं, ११ चैत्र ।

अचम्म लाग्न सक्छ तर भट्टको घाँसबारीमा जाने जो कोहीले उनको दाबी सत्य रहेछ भन्ने विश्वास गर्ने स्थानीय तोया गौतमले बताएका छन् । गौतमका अनुसार भट्टले दैनिक ठूलोमात्रामा घाँसको बिउ बिक्री गर्दछन् । भट्टले बेच्नेमध्ये सुपर नेपियर घाँस सबैभन्दा बढी छ ।

भट्टले नेपाल कृषि प्रधान मुलुक भएकाले यहाँ कृषि सैनिकको आवश्यकता रहेको दाबी गरे । दैनिक विदेशिने नेपाली युवाहरुलाई यस सैनिक दस्तामा समेट्न सकिने उनले बताए । उक्त दस्ता कृषिमा परिचालन गर्नुपर्ने उनको भनाइ छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री भुषालले यसबारे विष्तृत विवणरण पठाउन भट्टलाई सुझाव दिए । माग सकारात्मक रहेको पनि मन्त्रीले बताएका थिए । ‘प्रस्ट अवधारणा आयो भने मन्त्रालय यस मागप्रति सकारात्मक रहन्छ’, मन्त्रीले भने ।
मन्त्रीका स्वकीय सचिव डा. गंगादत्त आचार्यले पनि विष्णु एक सफल किसान रहेकाले उनको मागप्रगि सबैको सद्भाव रहने प्रतिक्रिया व्यक्त गरे ।

भट्ट एउटा सामान्य परिवारका सदस्य हुन् । विष्णु बालक हुँदा उनकी आमालाई घाँस काट्ने क्रममा चोट लागेपछि उनलाई सहज रुपमा घाँस उपलब्ध गराउने ध्येय थियो । उनलाई आफ्नो लक्ष्यमा पुग्न त्यति सफल थिएन ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏