अनौठो खुट्टा भएको कुखुरा (फोटोसहित)

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

विश्वमा धेरै रहस्यका खानीहरु छन् । त्यस्तै एउटा रहस्य भियतनामको खोआय चाउमा रहेको एउटा कुखुरोमा देख्न सकिन्छ ।

भियतनामको हनोईबाट तीस किलोमिटरमा पर्ने खोआय चाउ जिल्लामा एक अनौठो प्रकारको कुखुरा पाईन्छ । जसलाई देखेर तपाई अचम्ममा पर्नु हुनेछ ।

उक्त ठाउँमा पाईने कुखुराको माथिल्लो भाग आम कुखुराको जस्तै भएपनि खुट्टा भने अचम्मको छ । चिकन कर ब्रीड जातको उक्त कुखुरालाई डोन्ग टाओ नामले चिन्ने गरिन्छ ।

जसको खुट्टा यति ठूलो हुन्छ कि त्यसलाई देख्नेहरु अचम्ममा पर्ने गर्दछन् । उक्त कुखुरा सेतो रंगमा पनि पाईन्छ । यो कुखुराको खुट्टा एउटा पेय पर्दाथको जत्रै हुने गर्छ ।

कुनै कुनै कुखुराको त मान्छेको नाडी जत्रै खुट्टा हुने गर्दछ ।

एजेन्सीको सहयोगमा

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏