सरकारले कृषि गर्न चाहने युवालाई ५० करोड अनुदान दिने

कृषि पोष्ट संवाददाता

कृषिको अथक सम्भावना रहेको हाम्रो देशमा अर्बौ रुपैयाँ बराबरको कृषि उत्पादन बर्सेनि भित्रिन्छ। साथसाथै नेपालमा रोजगारी नपाएर विदेश उड्ने युवाको सङ्ख्या पनि बढिरहेको छ। यस्तै अवस्थालाई ध्यानमा राख्दै युवालाई कृषिमा आकर्षित गर्न र देशमा नै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकारले कृषि उद्यम गर्ने युवाहरूलाई ५० करोड रुपैयाँ अनुदान दिने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले “युवाका लागि कृषि” परियोजना अन्तर्गत यो कार्यक्रम ल्याउन लागेको हो।

यो योजना अन्तर्गत युवाले कति अनुदान पाउँछन्?

५० करोड बजेट छुट्ट्याइएको यो परियोजना अन्तर्गत युवाले कुल लागतको २५ देखि ५० प्रतिशसम्म अनुदान पाउँछन्। यो भनेको ५ देखि १० लाख रुपैयाँ बराबरको रकम हो।

कसले पाउँछन्?

१८ वर्ष पूरा भएर ४५ वर्ष ननाघेका नेपाली युवाले पाउँछन्। विदेशबाट फर्किएका र पहिल्यैदेखि कृषि क्षेत्रमा काम गरिरहेका युवा प्राथमिकतामा पर्छन्।

कति जनाले पाउँछन्?

सातै प्रदेशलाई समावेश गर्ने लक्ष्य लिएको यो पञ्चवर्षीय योजना अन्तर्गत २२ वटा जिल्लाको ५०० जना युवाले यो अनुदान पाउनेछन्।

इच्छुक व्यक्तिले के गर्ने?

इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने गरी स्थानीय सरकार वा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयमा आवेदन दिन सक्छन्।

कुन कुन क्षेत्रमा काम गर्नेले अनुदान पाउँछन्?

(१)माछा पालन (२)पशुपक्षी पालन (३)दुग्ध/डेरी सम्बन्धी व्यवसाय (४)तरकारी तथा फलफुल खेती (५)कृषि उत्पादन प्रशोधन गर्ने केन्द्र स्थापना (६)यो योजनाको सफल कार्यन्वयनको लागि सरकारले के गर्छ?

कुन क्षेत्रमा व्यवसाय सुरु गर्न चाहेको हो त्यो सम्बन्धी कृषि ज्ञान दिन्छ। क्षेत्रअनुसारको कृषि तालिम दिन्छ। इच्छा अनुसारको कृषि क्षेत्रमा व्यावहारिक ज्ञानको लागि पठाउँछ। यस अन्तर्गत युवालाई पहिले देखि नै सञ्चालन भएका विभिन्न कृषि फर्ममा पठाइन्छ।
कहिले देखि सुरु हुन्छ?

अनुदान वितरणका लागि मन्त्रालयले कार्यविधि तयार पारिरहेको छ। कार्यविधि यहि भाद्रको तेस्रो हप्तासम्म तयार हुनेछ। सो कार्यविधि संसदमा पेश भएर पारित भएपछि कृषि तथा पशुपन्छी मन्त्रालयले निवेदन खुल्ला गर्नेछ।

विगतमा कृषि सम्बन्धी विभिन्न अनुदान र योजना ल्याइएको छ। तर सम्बन्धित क्षेत्रको ज्ञान र व्यावहारिक तालिम नहुँदा त्यति उपलब्धिमूलक भएको देखिदैन। अनुदान पाएपनि त्यसलाई सफल बनाउन उचित ज्ञान र तालिम नभएको गुनासो पनि थुप्रै आउने गर्छन्। यो योजनामा अनुदान मात्रै नभई कृषि ज्ञान, तालिम र व्यावहारिक ज्ञान पनि दिइने भएकाले युवालाई फाइदा हुने आशा राख्न सकिन्छ।

स्रोत: नागरिक, रिपब्लिका र द हिमालयन टाइम्समा भएका समाचार

वैदेशिक रोजगारी सम्बन्धी थप लेखहरू पढ्नका लागि हाम्रो शुभयात्रा मोबाइल एप यो लिङ्कबाट डाउनलोड गर्नुहोस्: https://goo.gl/qoWBg8 वैदेशिक रोजगारीबारे जान्नुपर्ने धेरै कुराहरू यसैमा छन्। हाम्रो फेसबुक पेज हेर्नको लागि यो लिङ्क https://www.facebook.com/ShuvaGO/ मा जानुहोस्।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏