सरकारले नि:शुल्क खेती तथा पशुपालन गर्न तालिम दिँदै

कृषि पोष्ट संवाददाता

बाह्य अनुसन्धान महाशाखा, खुमलटार ललितपुरबाट कृषि सम्बन्धी विभिन्न तालिम दिने भनेर सूचना प्रकाशित भएको छ। तालिमका बारेमा तपाईँहरूलाई समयमा नै सूचित गर्नका लागि हामीले यो लेख तयार पारेका हौँ। यदि तालिम लिन इच्छुक हुनुहुन्छ भने म्याद सकिनु भन्दा पहिला नै लिन मन लागेकोतालिमको विषय खुलाएर लेखेको निवेदन सम्बन्धित कार्यालयमा बुझाउनुहोला।

तालिम अवधिभर बस्ने सुविधा कार्यालयले नै दिन्छ।

कसले निवेदन दिन पाउँछन्?

इच्छुक उद्यमी कृषक तथा युवाहरूले दिन सक्छन्।

तालिमको विषय, तालिम अवधि, तालिम संचालन हुने महिना, तालिम संचालन गर्ने कार्यालय, सहभागीको सङ्ख्या, संरक्षित तरकारी खेति तथा उद्यमशीलता

१० दिन
फाल्गुन दोस्रो हप्ता: बाह्य अनुसन्धान महाशाखा, खुमलटार, ललितपुर फोन: ०१-५५४०८१७

२०
मध्य पहाडी क्षेत्रमा कृषि यान्त्रिकीकरण

१० दिन

पुस पहिलो हप्ता ,कृषि इन्जीनियरिङ महाशाखा, खुमलटार, ललितपुर, फोन: ०१-५५२१३०७

२५

व्यावसायिक सुन्तला जात नर्सरी व्यवस्थापन

१० दिन

मङ्सिर तेस्रो हप्ता, राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम, धनकुटा,फोन: ०२६-६२०२३२

२०

व्यावसायिक बाख्रा पालन

१५ दिन

फाल्गुन तेस्रो हप्ता, बाख्रा अनुसन्धान केन्द्र, बन्दीपुर, तनहुँ, फोन: ९८५१२०८८८८

२०

कफी नर्सरी तथा बगैँचा व्यवस्थापन ७ दिन फाल्गुन पहिलो हप्ता कफी अनुसन्धान कार्यक्रम, गुल्मी फोन: ९८५७०६४१९१

२५

व्यावसायिक कुखुरा तथा बंगुर पालन

१५ दिन

फाल्गुन दोस्रो हप्ता,क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा, सुनसरी, फोन: ०२५-४७६४६२

२५

व्यावसायिक अलैँची खेति

७ दिन

पुस दोस्रो हप्ता, कृषि अनुसन्धान केन्द्र, पाख्रिबास, धनकुटा, फोन: ०२६-४०५१११

१६

केके कागजात चाहिन्छ?

नागरिकताको फोटोकपि, दुई वटा पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र, पहिला कुनै तालिम लिएको भएमा सोको प्रमाणपत्र, निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यहि मिति २०७६ मङ्सिर ९ गते भित्र बुझाइसक्नुपर्छ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏