काठमाडाैं, २१ माघ ।
चन्द्रागिरि हिल्सको आईपीओ आउँदो शुक्रबारसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने भएको छ । यही साता सूचीकरण भए पनि दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेले तोकेको ओपन रेञ्जअनुसार पहिलो कारोबार हुनेछ ।
चन्द्रागिरि हिल्सले पुस २४ गतेबाट २८ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्कासन गरेको थियो ।
कुल १५ लाख ३४ हजार ९१ कित्तामध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।
यस आईपीओमा कुल १२ लाख १६ हजार ९ सय ५३ जनाले आवेदन दिएकामा ५ हजार ८ सय ३८ जनाको आवेदन रद्ध भएको छ । १२ लाख ११ हजार ११५ जना योग्य आवेदनलाई मात्र गोलाप्रथामा सहभागी गराइएको थियो । यसमध्ये १० लाख ७१ हजार ५१३ जना आवेदकको हात खाली भएको थियो ।
तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏