पनौती नगरपालिकामा बाख्रा वितरण कार्यक्रम

कृषि पोष्ट संवाददाता

पनौती, १९ माघ ।

काभ्रेको पनौती नगरपालिकामा यो आर्थिक बर्षमा बाख्रा वितरण गर्ने भएको छ । यो वर्ष १ सय ६० वटा बाख्रा वितरण हुने भएको हो । जमुनापारी र खरी जातको १ सय ५० वटा र बोयर जातको बोका १० वटा गरी यो बर्ष १ सय ६० वटा बाख्रा वितरण गरिने कृषि तथा पशुपछिं शाखा प्रमुख मणीप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सापकोटाका अनुसार बाख्रा वितरण काम टेन्डर मार्फत हुने भएको छ । नगरपालिकाले बाख्रा वितरणको लागि २५ लाख रुपैँया बजेट विनियोजन गरिएको छ । वडा नं ६, ९ र ११ मा लागू हुने यो कार्यक्रमा २० प्रतिशत किसानहरुको खर्च हुने नगरपालिकाले बताएको छ ।

यो कार्यक्रममा नगरपालिकाका विपन्न, दलित लगायतका लक्षित वर्ग समेटिने छन् । बाख्रा लिने नागरिकलाई तालिम समेत प्रदान गरिने कृषि तथा पशुपछिं शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏