इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ : ५० कित्ता सबैलाई

कृषि पोष्ट संवाददाता

काठमाडौं, १६ माघ ।

नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको प्राथमिक शेयर अर्थात आईपीओ बाँडफाँट भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले शुक्रबार बिहान १० बजे सेयर बाँडफाँट गरिएको जनाएको छ ।

क्यापिटका अनुसार ५० कित्तासम्म माग गर्ने सबैले माग अनुसार नै शेयर पाएका छन् । बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरले बाँडफाँड गरिएकाे छ । यसकाे मतलब ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ताका दरले शेयर पाएका छन् ।

आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य र ६ हजार २७६ वटा आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेकाे थियो ।

आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुगेकाे छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏