पुष २३ गते बिहीबार नाग देवताको दर्शन सँगै आजको भाग्य रेखा राशिफल पढ्नुहोस

कृषि पोष्ट संवाददाता

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

साझेदारी व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्वन्धी व्यावसायमा सामान्य चहलपल हुनेछ । पारिवारिक माहोलमा दिन वित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछी परिनेछ । माया प्रेममा नजिक हुन खोजे पनि एक अर्काको भावना नबुझ्दा मनमुटाव वढ्नेछ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पति प्राप्त हुने हुँदा सुख सागरमा रमाउने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउदै चाहेको गन्तव्य पहिल्याउन सहज हुनेछ । छुट्टिएका माया प्रेमहरु पुनह जोडिने अधिक सम्भावना रहेकोछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धी पेशा व्यावसायबाट मनग्गे धन कमाउन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरी तपार्ईँलाई सम्झनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दिनभर परिश्रम गरेपनि न्यून कमाई हुने हुँदा दैनिक गुजारा गर्न असजिलो महशुष हुनेछ । बिद्यार्थीहरुले पढ्न लेख्न मन नगर्दा पढाइ बिग्रने अधिक सम्भावना रहेकोछ । यात्रागर्ने अवसर आएपनि गन्तव्यमा पुग्न जटिल परिस्थितिहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायमा सोचेजस्तो आम्दानी नहुँदा थप लगानी गर्ने वाताबरण गुम्नेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समयले साथ दिने हुनाले थोरै लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाइने हुनाले जस्तो सुकै परिस्थितिहरुको पनि सामना गर्न सहज वातावरण बनेर जानेछ । पढाइ लेखाइमा थोरै समय दिदापनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिती सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर तान्न सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाति रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपनाउँनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणिले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी बीच अविस्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । लामो दुरिको बिदेश यात्राको तय हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईनेछ । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाईड्रो,पानी जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिुनहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछी परिनेछ । तापनि आफन्त तथा मन परेको मानिससँग रमाईलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाइने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरु सजिलै सम्पादन हुनेछन् । राज्यबाट पाउने सेवा सुविधा पाइने छ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी प्रसाद तथा टिका ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्र बलियो रहने हुँदा मन प्रशन्न रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏