कोरोना कहर नसकिँदै भारतमा थपियो, बर्डफ्लुको संक्रमण

कृषि पोष्ट संवाददाता

पुष ,२१ भारत ।

कोरोना भाइरसको संक्रमको जोखिम नसकिँदै छिमेकी देश भारतमा बर्ड फलुले अर्को चिन्ता थपेको छ । बर्ड फलु फैलिएसँगै राजस्थान, मध्यप्रदेश, झारखण्ड र हिमाञ्चल प्रदेशमा सचेत गराइएको छ । यसैबीच केरलामा आपतकालीन घोषणा गरिएको छ भने मदसौरमा कुखुरा र अण्डा पसलहरु बन्द गर्न आदेश दिइएको छ ।

मध्यप्रदेशको मन्दसौरमा लगातार कागहरु मरिरहेका छन् । अदालत परिसरमा लगातार २०० कागहरुको मृत्यु हैरानको कुरा बनेको छ । कागहरु मर्ने संख्या बढेसँगै प्रशासनले मरेका ४ कागलाई सेम्पलका लागि ल्याबमा पठाएको थियो । ल्याबमा ती कागहरुमा एवियन इन्फु्लुन्जा भएको पुष्टि गरेको थियो ।

वर्डफ्लु एभिएन इन्फ्लुन्जा भाइरस H5N1 को कारणले हुन्छ । यो भाइरस संक्रमित चरा र मानिसका लागि पनि खतरनाक छ ।

वर्डफ्लु भाइरल इन्फेक्सन जस्तो हो, जुन चराहरु मात्र होइन, अन्य पशु र मानिसका लागि पनि उत्तिकै खतरनाक छ । वर्डफ्लु संक्रमित चराहरुको सम्पर्कमा आएका पशु र मानिसहरुलाई सजिलै यसले संक्रमित बनाउँछ । यो भाइरस अति नै खतरनाक छ कि यसले मृत्युलाई पनि निम्त्याउन सक्छ ।

वर्डफ्लुको लक्षण : वर्डफ्लु भएमा कफ, पखाला, ज्वरो, श्वास समस्या, टाउको दुखाइ, मांसपेशी दुखाई, घाँटी दुख्नु, नाकबाट पानी बग्नु र थकाइ जस्तै समस्या हुन सक्छ । यदि तपाईलाई वर्डफ्लुको जस्तो शंका लाग्छ भने अरु कसैको सम्पर्कमा आउनु अघि डाक्टरलाई भेट्नुहोस् ।

वर्डफ्लु के हो ? : वर्डफ्लु धेरै प्रकारका छन् H5N1 पहिलो एभियन इन्फ्लुन्जा भाइरस हो, जसले मानिसहरुलाई संक्रमित गर्छ । यो पहिलो घटना १९९७ मा हङकङबाट सुरु भएको थियो । त्यससमयमा वर्डफ्लुको प्रकोप कुखुरा फार्मका कुखुरामा देखिएको थियो ।

H5N1 चराहरुमा देखापर्छ तर सजिलै पालेको अन्य कुखुराहरुमा फैलन्छ । यो रोगको संक्रमण चराको मल, नाकको स्राव, मुखको ¥याल, वा आँखाबाट आँसु बाहिर आउँदा सम्पर्कको कारण हुने गर्दछ । संक्रमित कुखुराको मासु १०० डिग्रीमा पकार खाँएको मासु वा अण्डाको सेवनले वर्ड फ्लु फैलन पाउँदैन तर कुखुराको काँचो खान हुँदैन ।

वर्ड फ्लुको जोखिम छ ? : H5N1 सँग लामो समय सम्म बाँच्न सक्ने क्षमता हुन्छ । भाइरस संक्रमित चराहरुको मल र ¥यालमा १० दिनसम्म जीवित रहन सक्छ । यी संक्रमणहरु दुषित सतहहरु छुँदा फैलन सक्छ । यदि कुखुरासँग सम्बन्धित मानिसहरुमा पनि फैलन सक्ने उच्च जोखिम हुन्छ ।

यसबाहेक, जो व्यक्ति संक्रमितको स्थानहरुमा जान्छन्, संक्रमित चराहरुको सम्पर्कमा आउँछन् काँचो वा आधा पाकेको अण्डा खान्छन् वा संक्रमित बिरामीहरुको हेरचाह गर्छन् उनीहरुलाई वर्ड फ्लु पनि लाग्छ सक्छ ।

उपचार के हो ? : वर्ड फ्लुका विभिन्न प्रकारहरुको विभिन्न तरिकाले उपचार गरिन्छ । प्राय जसो अवस्थामा यसलाई एन्टिभाइरल औषधीहरु प्रयोग गरिन्छ । लक्षणहरु देखाउने ४८ घण्टा भित्र औषधी लिन आवश्यक छ । वर्ड फ्लुको संक्रमित व्यक्ति बाहेक उनीहरुसँग सम्पर्कमा आएका घरका अन्य सदस्यहरुलाई पनि यो औषधी लिन उपयुक्र्त हुन्छ, यदि उनीहरुमा यस रोगका लक्षणहरु नभएपनि ।

कसरी सुरक्षा गर्ने ? : इन्फुलुन्जाबाट बच्न डाक्टरहरुले तपाईलाई फ्लु खोप लिन सल्लाह दिन सक्छन् । यसबाहेक तपाई खुला बजारमा जानु हुँदैन, संक्रमित चराहरुको सम्पर्कमा आउनु आउनुहुन्छ र कुखुराको मासु खानु हुन्छ भने सरसफाई राख्नुहोस्, समय समयमा हात धुनुहोस् ।

(एजेन्सी)

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏